ईओएल प्रालिले तामायुक्त केन्ट सुप्रीम कपर मोडल नेपाली बजारमा ल्याएको छ। समयसँगै पानीको गुणस्तर खस्कँदै गएको कारण नेपाली बजारमा नयाँ केन्ट सुप्रीम कपर आरओ ल्याइएको कम्पनीले बताएको छ ।
यसको प्राथमिक कार्य भनेको पानीमा रहेको अशुद्धतालाई कीटाणु शोधन गरी मानव उपभोगको लागि शुद्ध र स्वस्थ बनाउनु रहेको कम्पनीले उल्लेख गरेको छ । शुद्ध पानीको बारेमा कुरा गर्दा, आजभोलि कपर आरओ पानी धेरै स्वास्थ्य लाभहरूको कारण मानिसहरूले व्यापक रुचाउने गरेका छन्।यसै विषयलाई ध्यानमा राख्दै केन्टले शुद्ध र स्वस्थ पिउने पानी उपलब्ध गराउन आरओ वाटर प्युरिफायर ल्याएको हो।
भित्तामा झुन्ड्याउन मिल्ने आकर्षक डिजाइनको साथसाथै यो प्युरिफायरमा आरओ प्रविधि छ, जसले स्वस्थ र शुद्ध पानी उपलब्ध गराउन आवश्यक प्राकृतिक खनिजहरू यथावत राख्छ।
साथै, यसको भण्डारण ट्याङ्कीमा पानीलाई ब्याक्टेरिया-मुक्त राख्न र शुद्ध गर्नको लागि युभीएल ईडी लाइटपनि हुन्छ। यो स्मार्ट आरओ वाटर प्युरिफायरमा तामा पनि हुन्छ।
तामासहितको पानी पिउनुका विभिन्न स्वास्थ्य फाइदाहरु छन् । यसले प्रतिरक्षा र समग्र स्वास्थ्य ठिक राख्ने,मेटाबोलिजम बढाउन सहयोग गर्ने,पाचन प्रणाली सुधार गर्ने,मस्तिष्क कार्यलाई बढाउन सहयोग गर्ने र वजन घटाउने जस्ता स्वास्थ्य लाभ प्रदान गर्छ ।
चौधरी ग्रूपको इलेक्ट्रोनिक्स विभागअन्तर्गत उक्त कम्पनी सब्सिडी कम्पनी हो ।