एमएडब्लू हायर पर्चेज (एमएचपीएल)ले आफ्ना ग्राहकका लागि ट्रेण्डसेटिंग ‘मोबाइल एप’ ल्याएको छ । आजको डिजिटल युगमा हरेक उद्योगका लागि अपरिहार्य आवश्यकता बन्दै गएको इनोभेसन र प्राविधिक विकास लगभग सबै क्षेत्रहरूमा द्रुत रूपमा अगाडि बढिरहेको समय एमएचपीएलले आफ्ना ग्राहकका लागि ट्रेण्डसेटिंग ‘मोबाइल एप’ ल्याएको हो ।
‘एमएचपीएल’ एपको सुरुवात भएसँगै अब ग्राहकहरूका लागि कर्जा भुक्तानीको कारोबार डिजिटल रुपमा गर्नका लागि एक सुविधाजनक विकल्प उपलब्ध हुनेछ ।
अब आफ्नो कर्जाको अवस्था जान्नका लागि ग्राहकहरूले भौतिक रुपमै उपस्थित हुनुपर्ने पुरानो बाध्यता पनि हट्ने छ । एमएचपीएलले गहिरो अध्ययन र उपभोक्ताहरूको आवश्यकतालाई ध्यानमा राखी यो एप ल्याएको हो ।