नेपाल डिस्टिलरीजले पायो आइडब्लुएससि अवार्डमा ३ मेडल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2024 | 11:06:43 AM मा प्रकाशित

laxmi sunrise bank

द नेपाल डिस्टिलरीजले स्पिरिट उत्पादनमा आफ्नो विश्वव्यापी स्तर र परिचय कायम गर्दै ३ प्रतिष्ठित पदक(मेडल)हरू हासिल गरेको छ ।इन्टरनेस्नल वाइन एन्ड स्पिरिट्स कम्पिटिसन’ (IWSC) अवार्ड २०२४, डिस्टिलरीको तीन मुख्य उत्पादनहरूले एक सिल्भर(रजत) र दुई ब्रन्ज(कांस्य) मेडल प्राप्त गरेको हो ।

आइ डब्लु एस सिअवार्ड, एक विश्वव्यापी वाइन तथा स्पिरिट प्रतियोगिता हो, जसले सन् १९६९ देखि विश्वभरका उत्कृष्ट स्पिरिटहरू पहिचान तथा पुरस्कृत गर्दै आएको छ । 

द नेपाल डिस्टिलरिजको सबैभन्दा पुरानो र लोकप्रिय उत्पादन खुकरी XXX रमले ८८ अंकसहितब्रन्ज मेडलप्राप्त गरेको छ । मौलिक नेपाली स्वादसहितको खुकरी स्पाइस्ड रमलाई ८९ अंकसहितब्रन्ज मेडलप्रदान गरिएको छ । साथै, अर्को उत्पादन न्युड सुपेरियर भोड्का ले ९१ अंकसहितसिल्भर मेडलहासिल गरेको छ ।आइ डब्लु एस सिको नौ-सदस्यीय निर्णायक प्यानलमध्ये ग्लोबल रम एम्बेसेडर इयान बरेल पनि सहभागी थिए । उनी हाल नेपालमा खुकुरी रम उत्पादन-शील्प तथा अद्वितीय स्वादको पहिचान गर्दै नेपाली रम-संस्कृतिका निम्ति प्रबर्द्धनात्मक तथा प्रशिक्षणात्मक कार्यक्रम गरिहेका छन् ।

 

द नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभास लामिछानेले उक्त अवार्डले विश्वस्तरको स्पिरिट उत्पादन गर्ने भिजनमा दृढ रहन अझै प्रेरणा दिएको बताए ।

 

सन् १९५९ मा पहिलो पटक उत्पादन भएको खुकरी XXX रमले आफूलाईओरिजिनल हिमालयन रमको रूपमा स्थापित गरेको छ । उपभोक्ताहरूमाझ स्वादको लागि लोकप्रियता पाउनुका साथै, खुकुरी XXX रम हरेक पल, उत्सव, र कथाको एक रोचक हिस्साको रूपमा रहिआएको छ । साथै, सन् २००८ मा सार्वजनिक गरिएकोखुकरी स्पाइस्ड रमसांस्कृतिक उत्सवलगायतको अवसरमा उत्कृष्ट रोजाई बनेको छ ।

 

द नेपाल डिस्टिलरिजले विगत ६ दशकदेखि नेपाली मदिरा उद्योगमाडोमेस्टिक स्पिरिटखण्डको बजारको मुख्य हिस्सा ओगट्दै आएको छ । नेपाल बाहेक अन्तर्राष्ट्रिय माग र मान्यता सहित, हाल विश्वका विभिन्न देशहरूमा उत्पादनहरू वितरण गर्दछ । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved