नेपाल भित्रियो रियलमी १२ प्रो प्लस, मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2024 | 08:26:46 PM मा प्रकाशित

laxmi sunrise bank

स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी १२ प्रो+ ल्याएको छ । सेग्मेन्ट फस्ट पेरिस्कोप लेन्स जडित  रियलमी १२ प्रो+ नेपालमा पनि भित्रिएको हो ।

फ्ल्यागशिप ओम्निफोकल मास्टरशट एल्गोरिथ्म भएको रियलमी १२ प्रो+ले उच्च स्तरको टेलिफोटोहरु लिन सक्ने कम्पनीले जनाएको छ । रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले उक्त फोन नेपाली बजारमा ल्याउन पाउँदा उत्साहित भएको बताए ।

डिजाईन र डिस्प्ले

रियलमी १२ प्रो+ मा ६.७ ईन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन रहेको छ जसले प्रयोगकर्ताहरुलाई रङ्गिन तथा सार्प कन्ट्रास्ट स्क्रिनको अनुभव प्रदान गर्दछ । फोनसँगको हरेक अन्तरक्रियालाई रमाइलो बनाउनको लागि रियलमी १२ प्रो+ मा १२० हटर््जको रिफ्रेस रेट राखिएको छ । 

दमदार पर्फर्मेन्स तथा स्टोरेज

क्वाल्कम स्न्याप ड्रयागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम अक्टा सीपीयूमा चल्ने रियलमी १२ प्रो+ मा धेरै एपहरु चलाउँदा पनि एकदमै छिटो काम गर्छ । यो फोनमा १२ जिबीको ¥यामसँग ५१२ जिबीको आन्तरिक स्टोरेज दिइएको छ जुन आवश्यकता अनुसार २४ जिबीसम्म बढाउन पनि सकिन्छ । 

पेरिस्कोप क्यामरा

फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेहरुको लागि रियलमी १२ प्रो +को क्यामरा अति उपयोगी हुन्छ ।  ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्नि भिजन ओभि६४बी सेन्सर र ओआईएस, अत्याधिक सफा फोटोको लागि ५० मेगापिक्सेलको सोनि आईएमएक्स ८९० ओआईएस क्यामरा,  ८ मेगा पिक्सेलको ११२ डिग्रीको वाइड एङ्गल क्यामरा र ३२ मेगा पिक्सेलकाृ सोनि आईएमएक्स ६१५ सेल्फी क्यामरा जस्ता अत्याधुनिक सुविधाहरु रियलमी १२ प्रो+ मा उपलब्ध छ । यी अत्याधुनिक क्यामराहरुले प्रयोगकर्तालाई अटो जुम, सुपर नाईटस्केप, स्टारी मोड प्रो तथा फोर के भिडियो रेकर्डिङ्ग जस्ता फिचरहरु प्रदान गर्दछ ।

टिकाउ ब्याट्री तथा सुपरफास्ट चार्जिङ्ग

६७ वाटको सुपरभोक सुपरफास्ट चार्जिङ्ग युक्त ५,००० एमएएच्को ब्याट्रीले गर्दा रियलमी १२ प्रो+ का प्रयोगकर्ताहरुले थोरै समय चार्ज गरेरै धेरै समयसम्म फोन चलाउन सक्छन् । यो फोनको खरिदमा ६७ वाटको सुपरभोक चार्जिङ्ग एडप्टर तथा यूएसबी टाईप–सी केबल निःशूल्क पाईन्छ ।

रियलमी १२ प्रो+ १२ जिबी ¥याम र २५६ जिबीको स्टोरेज भेरियन्टमा उपलब्ध छ । सबमरिन ब्लू, एक्सप्लोरर रेड, र न्याभिगेटर बिज रङ्गमा उपलब्ध रियलमी १२ प्रो+ को मुल्य ५० हजार ९९९ रुपैयाँ रहेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved