टर्बो गेमिङ डिस्प्ले चिपसहित जीटी २० प्रो नेपाली बजारमा,मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2024 | 09:12:41 AM मा प्रकाशित

 इन्फिनिक्सले जीटी २० प्रो नेपाली बजारमा  लन्च गरेको छ । यो नयाँ स्मार्टफोन यूरोप, मध्य पूर्व र अफ्रिका (ईएमईए) र मध्य र दक्षिण एशिया (सीएसए) क्षेत्रहरूमा प्रतिष्ठित पब्जी मोबाइल सुपर लिगको आधिकारिक गेमिङ फोनको रूपमा छ ।

यस फोनमा मिडिया टेक डाइमेन्सिटी ८२०० प्रोसेसर छ, जुन ४ एनएम ओक्टाकोरको साथ आउँछ । यसमा १२जीबी एलपीडीडीआर ५ एक्स र्‍याम र यूएफएस ३.१ २५६ जीबी स्टोरेजको साथ पाइन्छ । यसले पब्जी मोबाइलमा १२० एफपीएस समर्थन गर्दछ । पिक्सेल वर्क्ससँग साझेदारी गरेर एक्स फाइभ टर्बो गेमिङ डिस्प्ले चिप समावेश गरेको छ । 

यसमा ४५ वाट सुरक्षित चार्जिङसहित ५ हजार एमएएच ब्याट्री छ । यो फोनमा १०८ एमपी ओआईएस मूख्य सेन्सर, २ एमपी टेलिफोटो लेन्स र २ एमपी म्याक्रो लेन्स सहितको क्वाड–क्यामेरा सेटअप छ। ३२ एमपी फ्रन्ट क्यामेराले स्पष्ट र विस्तृत सेल्फीहरू र उच्च गुणस्तरीय भिडियो कलहरू सुनिश्चित गर्दछ।

यो फोन मेचा ब्लू, ओरेन्स र सिल्भर रङहरूमा उपलब्ध छ। यो स्मार्टफोनको मूल्य १२+२५६ जीबीको लागि ४७ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । यो मोबाइल आउटलेटहरू र अनलाइनमा दराजमार्फत खरिद गर्न सकिनेछ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved