भारतबाट नेपाल आएर बुटिक व्यवसायमा जमेका सोनिया दम्पती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2024 | 04:57:15 PM मा प्रकाशित

nepal oil ltd

काठमाडौंको डिल्लीबजारमा एउटा बुटिक छ, जसको नाम हो सोनिया बुटिक । 

एक वर्षअघि खुलेको बुटिक कलेक्सन सोनिया खान र उनका श्रीमान बसिर खानले चलाउँदै आएका छन् । यही कलेक्सनलाई सोनिया कलेक्सनले मात्र चिन्ने होइन, ब्राण्ड ‘सोनिया कलेक्सन’का रुपमा चिनाउने सपना छ, उनको ।

कलेक्सनले विभिन्न प्रकारका डिजाइनमा जस्तैः– लेहेंगा, ब्लाउज, साडी –चोलो, गाउन, सरारा, हेण्ड ब्याग जस्ता विभिन्न प्रकारका ग्राहकहरुले माग गरे अनुसारको डिजाइनमा कपडा बनाई बिक्री गर्दै आएको छ ।

भारतदेखि डिल्लीबजारसम्मको बुटिक यात्रा :

सोनियाको जन्म भारतमै भएको हो । उनको सबै परिवार उतै बस्दै आएका छन् । सोनियाको श्रीमान रोजगारकै शिलशिलामा १९ वर्ष अघि नेपाल आएका थिए। एक्लै बस्दै आएका बसिरलाई साथ दिन सोनिया पनि २०७२ सालको भूकम्पपछि नेपाल आइन् । सोनिया नेपाल आएपछि भने बसिरलाई जिम्मेवारी थपियो । भनेको जस्तो चित्त बुझ्दो जागिर नपाएपछि दुई दम्पतीले सल्लाह गरेर  बुटिक खोल्ने निर्णय गरे । अनि नाम राखियो – सोनिया बुटिक कलेक्सन।

बसिरले आफ्नै एउटा पसल खोलेपछि श्रीमती सोनियाको नामको पसल खोल्ने उनको एकदमै ठूलो चाहना पूरा भयो । “कपडा बनाउनेदेखि लिएर बुटिकको धेरै ज्ञानहरु मसँग छ भने जानेको सीपको सदुपयोग किन नगर्ने, अहिले नै नगरे कहिले गर्ने भनेर हामी दुई श्रीमानश्रीमती मैदानमा उत्रेका हौं” बसिरले मुस्कुराउँदै भने । 

२ लाख रुपैयाँको लागतमा शुरु गरेको सोनिया बुटिकमा ३ हजारदेखि ३५ हजार रुपैयाँसम्ममा डिजाइन अनुुसारको कपडाहरु उनको बुटिकमा पाइन्छ ।  एउटा विदेशी नागरिक अर्काको देशमा आएर व्यवसाय गर्न त्यति सहज भने थिएन । न दम्पतीसँग बुटिक पसलको कुनै आइडिया थियो नत ज्ञान नै । तैपनि आँट हिम्मत जुटाएर उनीहरु अगाडि बढे । अहिले उनीहरु व्यवसायबाट सन्तुष्ट छन् ।

पसलको सामान सिजन अनुुसार मात्र बिक्री हुने धेरै जसो साउन, भदौ, असोज, कार्तिक मंसिर महिनामा धेरै कपडाहरुको डिमान्ड आउने गरेको उनको भनाइ छ ।  चार्डपर्व अनु्सार उनको आम्दानी पनि राम्रै हुन्थ्यो । कोठाभाडा तिर्नदेखि लिएर घरपरिवारको गुजारा चल्नेसम्मको आम्दानी हुने गरेको उनको भनाइ छ ।

तर, व्यवसायमा  प्रतिस्पर्धा धेरै हुन्छ, आफूले पनि त्यही अनुसार ग्राहकलाई सन्तुष्टि बनाउन सक्नुपर्छ उनी भन्छिन्,‘ बुटिक भनेको सिजनमा चल्ने ब्यापार हो, अहिले फेरि प्रतिस्पर्धा धेरै भएर होला विगत जस्तो ब्यापार चाहिं छैन ।’ काम गर्दै गएपछि कुनै एक समयमा राम्रो हुन्छ भन्ने सकारात्मक भावना उनीहरुमा छ ।

सोनिय सुनाउँछिन्,‘ एक दिन ब्यापार राम्रोसँग हुन्छ भन्ने आशा र विश्वासका साथ धेरै मिहिनेत गरेर काम गरेका छौं, हामीले हार भने खाएका छैनौं ।’ उनीहरुले आगामी दिनमा अझ लगानी थपेर बुटिकलाई एउटा ब्राण्डको रुपमा स्थापित बनाउने सपना बोकेका छन्।

उनीहरु एकै स्वरमा भन्छन्,‘ यही बुटिकबाट आफ्नो सन्ततिलाई पनि परिचित बनाउने सपना छ ।’ सोनियाले अन्त्यमा काम गर्ने क्रममा धेरै दुःख भोग्नु परेको सुनाइन्  ।उनीहरुलाई विदेश जान रोक्ने गरी नेपालमै ठूलो बुटिक खोलेर रोजगार दिने उद्देश्य छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved