
रियलमीका दुई स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएका छन्। रियलमी नार्जो ७०प्रो ५जी र रियलमी १२ एक्स ५जी सार्वजनिक भएको कम्पनीले जनाएको छ।
अत्याधुनिक प्रविधि, नवीन सुविधाहरू र स्टाइलिश डिजाइनले गर्दा युवा प्रयोगकर्ताहरू माझ यी स्मार्टफोनहरुले फरक अनुभवको प्रत्याभूति दिने कम्पनीको दाबि छ । एयर जेस्चर कन्ट्रोल, सोनी आईएमएक्स ८९० क्यामेरा ट्रु फ्ल्यागशिप नाइट फोटोग्राफी चिपसेट र भिसि कुलिङ सिस्टमको साथ जेन जि प्रयोगकर्ताहरूलाई आकर्षित गर्ने विश्वास कम्पनीले लिएको छ ।
उक्त कार्यक्रममा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, “रियलमी नार्जो ७० प्रो ५जी र रियलमी १२ एक्स जी नेपाली बजारमा ल्याउन पाउँदा निकै हर्षित छौँ । रियलमीका यी फोनहरूले सुपथ मूल्यमै ग्राहकहरूको पहुँच सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धतालाई मूर्त रूप दिन्छ । हामी विश्वस्त छौँ कि यी स्मार्टफोनहरूले नेपालको उद्योगमा नयाँ आयाम ल्याउनेछ ।”
रियलमी १२ एक्स ५ जी मा उपलब्ध सर्वोत्कृष्ट फोटोग्राफीको फिचर, उत्कृष्ट डिस्प्ले तथा सहज स्क्रोलिङ्ग, टिकाउ ब्याट्री, चलेको डिजाइन र उत्कृष्ट प्रदशन यसका बिशेषता भएको कम्पनीले जनाएको छ।
रियलमी १२ एक्स ५जीमा भएको ५० एमपीको कलर एआई क्यामेराले सिनेमेटिक पोट्रेट फोटोग्राफी खिच्न सहज बनाउछ र प्रयोगकर्ताहरुले सजिलैसँग उत्कृष्ट तस्विरहरू खिच्न सक्छन् । यो फोनको पछाडि लागेको २ एमपीको क्यामेराले एकदमै राम्रो र सफा फोटोहरु खिच्छ । सेल्फीका लागि, यो फोनले फोटो, भिडियो, पानो, पोट्रेट, नाइट, र टाइम–लेप्स जस्ता विभिन्न फोटोग्राफी प्रकार्यहरू सहितको ८ एमपी इन–डिस्प्ले सेल्फी क्यामेरा प्रदान गर्दछ ।
रियलमी १२ एक्स ५जीमा ६.७२ ईन्चको १२० हर्ज एफएचडी+ डिस्प्ले छ जसले ९५० निटस् सम्मको ब्राईटनेस प्रदान गर्दछ । यसको चुस्त रिफ्रेस रेटले प्रयोगकर्ताहरुलाई सहज स्क्रोलिङ्गको सुविधा दिन्छ ।
यो फोनमा भएको ५००० एमएएचको ब्याट्रीले ४५ वाटको सुपरभोक चार्जिङ्ग प्रणालीमा काम गर्छ जसले गर्दा थोरै समय चार्ज गर्दा पनि लामो समयसम्म चार्ज टिक्छ । यो फोनको खरिदमा एउटा ४५ वाटको चार्जिङ्ग एडप्टर र टाईप सी यूयसबी पोर्ट पाउन सकिन्छ ।
७.६९ मिलिमिटरको मोटाई र करिब १८८ ग्रामको तौल भएको रियलमी १२ चुस्त ५जी पातलो र एकदमै रुचाईएको डिजाइनमा उपलब्ध छ । यो फोन ट्वाईलाईट पर्पल र वूडल्याण्ड गरी दुई रङ्गहरुमा उपलब्ध छन् । यसका साथै हरेक फोनको खरिदमा ग्राहकहरुले आवश्यक सामानहरु प्राप्त गर्न सक्नेछन् । जस्तै यूएसबी टाईप सी केबल, सिमकार्ड निडल, स्क्रिन प्रोटेक्टर फिल्म, र सुरक्षाको लागि प्रोटेक्टीभ केस ।
मेडियाक डाईमेन्सीटी ६१००+ ५जी चिपसेटद्वारा संचालित रियलमी १२ एक्स५जीमा अत्याधुनिक ६एनएम टीएसएमसी प्रोसेसर प्रयोग गरिएको हुन्छ । यो चिपसेट र ओक्टा–कोरा सीपीयूको मिश्रणले यो फोनलाई बहुकार्यशाली बनाउछ ।
रियलमी नार्जो ७० प्रो ५जीको आधिकारिक सोनी आईएमएक्स ८९० ओआईएस क्यामेराले यो फोनलाई अरु फोन भन्दा फरक बनाउने र उत्कृष्ट फोटोग्राफी क्षमता प्रदान गर्ने कम्पनीको भनाइ छ । यस्तै ५००० एमएएचको शक्तिशाली ब्याट्री र ६७ वाटको सुपरभोक चार्जलगायतका विषेयता मोबाइलमा रहेको बताइएको छ ।
रियलमी नार्जो ७० प्रो ५जीको बजार मूल्य रु ३३,९९९ रहेको छ भने रियलमी १२ एक्स ५जीको मूल्य रु २४,९९९ रहेको छ । यी दुबै फोनहरु नेपालका सम्पूर्ण आधिकारिक रियलमी बिक्रेताहरु मार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।