लिट्मस इन्डस्ट्रिज लिमिटेडले पावर पार्टनर्स मिट- २०८१ कार्यक्रम आयोजना गरेको छ ।
कार्यकममा कम्पनीको तर्फबाट जानकारीमूलक प्रस्तुतीका साथै उपलब्धिमूलक नेटवर्किङ सेसन आयोजना गरिएको थियो । कार्यक्रममा कम्पनीले भावी योजनाका साथै नेपाली बजारकै पहिलो वातावरणमैत्री तार लिट्मसको इकोवायर जेडएच्बारे सहभागीहरुलाई जानकारी गराएको थियो ।
त्यस अवसरमा कम्पनीका प्रबन्ध निर्देशक रोहित गुप्ताले कम्पनीको लभभग पाँच दशकको यात्रा र उपलब्धिहरुबारे चर्चा गरेका थिए ।
त्यस्तै कम्पनीका उपाध्यक्ष तथा नेपाल विद्युतीय उत्पादक संघ (नीमा) का सचिवसमेत रहेकासरोज मिश्राले लिट्मसको शुरुवात, हालको बजार उपस्थिति र कम्पनीको विकासको प्रचुर सम्भावनाबारे आफ्ना धारणा राखेका थिए । उनले कम्पनीलाई नेपाली बजारमा अग्रणी उत्पादकको रुपमा कायम राख्न कम्पनी गुणस्तर, अत्याधुनिक प्रविधि र नवप्रवर्तनप्रति प्रतिबद्ध रहेको कुरामा पनि जोड दिएका थिए ।
सोही अवसरमा कम्पनीले आफ्नो महत्वकांक्षी र रणनैतिक भावी योजना अन्तर्गतको अत्याधुनिक प्रविधि र विशेष उत्पादन क्षमतासहितको परासीमा निर्माणाधीन नयाँ उत्पादन युनिट ‘लिट्मस २.०’ बारे पनि जानकारी गराएको थियो । उक्त नयाँ युनिटले कम्पनीको उत्पादन क्षमता वृद्धि र गुणस्तरलाई अझ सुदृढ बनाउँदै बजारको बढ्दो मागलाई सम्बोधन गर्ने र अझ बलियो बनाउने कम्पनीको भनाइ छ ।
कम्पनीले उक्त अवसरमा इनामेल, मल्टिस्ट्र्याण्ड, इकोवायरजेडएच् र इमर्जिङ् डिलर गरी चार विधामा सर्वोत्कृष्ट भएका डिलरहरुलाई पुरस्कृत पनि गरेको थियो । कार्यक्रममा नृत्य, आकर्षक उपहारको लागि प्रश्नोत्तर, लाइभ ब्यान्डलगायतका मनोरञ्जनात्मक प्रस्तुती थियो ।
कार्यक्रममा डिलर तथा वितरकका साथसाथै एमईपी, ईपीसी तथा कर्पोरेट पार्टनर्सहरु गरि २०० जनाकोे उपस्थिति थियो ।