न्यूरोडको हुकुट स्टोरमा एकदिने टेक सेल हुँदै, यस्ता छन् अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2024 | 06:01:08 PM मा प्रकाशित

उपकरण ब्राण्ड प्रोमेटले काठमाडौंमा उत्साहजनक प्राविधिक कार्यक्रम प्रोमेट मेला २०२४ आयोजना गर्ने भएको छ ।  

यो एकदिने कार्यक्रमबाट आयोजकले विशेष अफर र छूटहरूमा फाइदा उठाउन चाहने धेरै प्राविधिकलाई आकर्षित गर्ने अपेक्षा गरेको छ । प्रोमेटले उत्कृष्ट एक्सचेन्ज अफर र छूटहरू जस्ता विशेष योजनाहरु आयोजना गर्दैछ ।    

 उक्त मेला काठमाडौंको न्यूरोडमा रहेको हुकुट स्टोरमा बिहान १० बजेबाट शुरु हुनेछ । मेलामापुराना इयरवड्ससँग प्रोमेट लिमाइयर वड्स साट्ने सकिने छ । जसमा विभिन्न प्रोमेटका उत्पादन लाइनहरूमा ५० प्रतिशतसम्मको विशेष छूटहरू पनि छन् ।  

यस्ता छन् अफरहरूः

प्रोमेट लिमाइयरवड्स एक्सचेन्जः

यो विशेष अफरमा प्रोमेटले ग्राहकहरूलाई आफ्नो पुराना इयरवड्सहरू एक्सचेन्ज गरी प्रोमेट लिमा इयरवड्स प्राप्त गर्ने मौका दिनेछ । सामान्यतया  ४ हजार ४९९ रुपैयाँमा बिक्री हुने इयरवड्सहरू मेलामा १ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ ।

चार्जिंग सेट बोनान्जाः

मेलाको अर्को आकर्षण भनेको प्रोमेट चार्जिंग सेट हो । जुन सामान्यतया ३ हजार ५०० रुपैयाँमा बिक्री हुने सेट १ हजार ५०० रुपैयाँमा उपलब्ध हुनेछ ।  

लाइनअपमा ५० प्रतिशत छूट ः

प्रोमेटले आफ्नो उत्पादनहरूको विस्तृत श्रृंखलामा ५० प्रतिशत छूट दिनेछ । जसमा पावर बैंकहरू, ब्लुटुथ स्पिकरहरू, फोन केसहरू र स्मार्टवाचहरू समावेश छन् ।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved