असुसको एआई ल्यापटप नेपाली बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2024 | 06:48:58 PM मा प्रकाशित

laxmi sunrise bank

असुसले नेपाली बजारमा एआई ल्यापटप सार्वजनिक गरेको छ । गेमिङ ल्यापटपको दुनियाँमा राम्रो नाम कमाएको असुसले नेपाली बजारलाई लक्षित गर्दै एआई ल्यापटप भिभोबुक एस १५ सार्वजनिक गरेको हो ।

नेपालका लागि असुसको आधिकारिक वितरक नागमणि इन्टरनेशनलले एक कार्यक्रमका बीच उक्त ल्यापटप सार्वजनिक गरेको हो ।तीन वटा प्रोसेसर सहित असुसको एआई ल्यापटप सार्वजनिक भएको कार्यक्रममा नागमणि इन्टरनेशनलका निर्देशक अमित सर्राफले जानकारी दिए ।

उनका अनुसार असुस भिभोबुक एस १५ मा १२ कोर भएको आर्ममा आधारित क्वालकमको स्न्याड्रयागन एक्स ईलाइट प्रोसेसर प्रयोग गरिएको छ, जुन एप्पलको एम थ्री चीपभन्दा पनि फास्ट रहेको छ । यसमा क्वालकमको ओरेन सिपियु र हेक्जागन एनपीयु (न्युरल प्रोसेसिङ युनिट) पनि रहेको छ । एआई सुविधायुक्तले सीपीयू र जीपीयुलाई फ्री गर्नेछ, जसले गर्दा एकै पटक धेरै काम गर्न सक्छ ।

विन्डोज ११ अपरेटिङ सिस्टम रहेको यसमा १६ जीवी र्‍याम र एक टिभी एसएसपी स्टोरेज छ । ल्यापटपको र्‍यामलाई आवश्यकता अनुसार ३२ जीवीसम्म बढाउने सकिने छ ।ल्यापटपले १८ घण्टासम्म ब्याट्री ब्याक अप दिन्छ । यसमा आरजीबी किबोर्डसमेत छ । असुस भिभोबुक एस १५ मा यूएसबी, एचडीएमआई, बाइफाई ७, अडियो ज्याक, माइक्रो एसडी कार्ड रिडर लगायत सुविधासमेत रहेको छ ।

असुस भिभोबुक एस १५ को मूल्य २ लाख ९ हजार ९०० रुपैयाँ र उक्त ल्यापटपमा २ वर्षको वारेन्टी तथा एक्सिडेन्टल ड्यामेज प्रोडेक्ट सेवासमेत छ । जुन सुविधामार्फत ग्राहकले पहिलो वर्ष फिजिकल ड्यामेजको मर्मत शुल्कको ८० प्रतिशतसम्म छूट पाउन सक्ने कम्पनीले बताएको छ । यो सुविधा भने नेपालमा खरिद गरिएका ल्यापटपमा मात्र लागू हुनेछ ।कम्पनीका अनुसार उक्त ल्यापटपमा विभिन्न अन्य सुविधासमेत छ ।  

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved