रियलमिको सबैभन्दा नयाँ स्मार्टफोन नेपाली बजारमा, मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2024 | 09:59:23 PM मा प्रकाशित

laxmi sunrise bank

स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा आफ्नो सबैभन्दा नयाँ एन्ट्री लेभल स्मार्टफोन रियलमी सी६१ सार्वजनिक गरेको छ। विशेष फिचरका साथ ल्याइएको 'रियलमी सी६१' ले नेपाली बजारमा स्मार्टफोनको दुनियाँमा नयाँ मानक सेट गर्ने कम्पनीले दाबि गरेको छ। 

कम्पनीकाअनुसार रियलमी सी६१  मा उपलब्ध फिचरका कारण यो स्मार्टफोन चलाउनेले चार बर्षसम्म नयाँ फोन चलाएको महसुस गर्नेछन्। आरमोरसेल टफ बिल्ड, ईमप्याक्ट एवजर्बसन र व्यापक सुरक्षा सेटिङ्ग यसको बिशेषता भएको कम्पनीले जनाएको छ। 

रियलमीको भारत र नेपालको हेड अफ स्ट्राटिजी मुनिस गिरीले भने, “रियलमीमा हाम्रो लक्ष्य भनेको हाम्रा प्रयोगकर्ताहरूलाई असाधारण मूल्यमा उत्कृष्ट फिचर भएको स्मार्टफोनहरु प्रदान गर्नु हो, र रियलमी सी६१ यसै प्रतिबद्धताको प्रमाण हो । हामीले सी६१ लाई दैनिक जीवनमा आइपर्ने आकस्मिक घटनाहरु सामना गर्न सक्षम हुने तरिकाले डिजाइन गरेका छौं। धातु, फोमदेखि सिलिकन लगायतका विभिन्न ८ प्रकारका सुरक्षा कवचहरु प्रयोग गरिएर बनाइएको यो फोनले एन्ट्री लेबल सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउनेछ।”

कम्पनीकाअनुसार रियलमी सी६१ इन्टिग्रेटेड मेटालिक फ्रेम, रिइन्फोर्समेन्ट ग्लास, र आईपी ५४ डस्ट र वाटर रेसिस्ट्यान्स सहित आउँछ ।  दैनिक जीवनमा आइपर्न सक्ने अप्रत्याशित क्षणहरू सामना गर्न इन्जिनियर गरिएको रियलमी सी६१ ले टिकाउपन र विश्वसनीयता सुनिश्चित गर्दछ। 

कम्पनीकाअनुसार बेन्ड, ड्रप र स्क्य्राच रेसिस्ट्यान्ट भएकोले यो फोन अरु प्रतिस्पर्धीहरु भन्दा उत्कृष्ट रहेको छ।  रियलमी सी ६१ शक्तिशाली अक्टा–कोर चिपसेटद्वारा संचालित छ, जुन यो मूल्यको सबैभन्दा शक्तिशाली चिपसेट हो । यो चिपसेटले सहज गेमिङ पर्फमेन्स र चुस्त मल्टिटास्किङ सुनिश्चित गर्दछ । पावर प्याक युनिसोक चिपसेटले पनि गेमिङलाई सहज बनाउनुको साथै एपहरु पनि छिटो खुल्छन् । 

त्यस्तै कम्पनीकाअनुसार ३२ एमपीको सुपर क्लियर क्यामेरा रहेको रियलमी सी६१ ले उत्कृष्ट शटहरू खिच्न सजिलो बनाउँछ । एड्भान्स्ड फोटोग्राफी एल्गोरिदमले प्रयोगकर्तालाई अझ सटीक र जिवन्त रङहरू निकाल्न सक्षम बनाउँछ । यो फिचरले गर्दा रियलमी सी६१ लाइ यो सेग्मेन्टको सबैभन्दा उत्कृष्ट फोन बनाएको छ । त्यसैगरी, नाइट मोडले रातको समयमा फोटो खिच्न पनि अझ सजिलो बनाउँछ र अँध्यारो समयमा पनि डिटेल्स र सार्पनेस कायम रहन्छ। 

७.८४ एमएमको स्लिम बडी भएको रियलमी सी६१ चलाउन पनि उत्तिकै सहज छ । यसको ९०हर्जको आइ कम्फर्ट डिस्प्लेले स्पष्ट र लिक्विड स्मूथ डिस्प्ले भएकाले स्लिक डिजाईन र चलाउन सहज यो फिचर पनि यो मूल्यमा पाउने स्मार्टफोनहरु मध्य सबैभन्दा उत्कृष्ट हो । 

रियलमी सी६१ दराज र नेपालभरका सम्पूर्ण आधिकारिक रिटेलर्सहरुमा उपलब्ध छ । रियलमी सी६१ को ४ जीबी प्लस ६४ जीबी  भेरियन्टको लागि १३,४९९ र ६ प्लस १२८ जीबी  भेरियन्टको लागि १६,४९९ रुपैयाँ राखिएको छ । रियलमी सी६१ मार्बल ब्ल्याक र सफारी ग्रीन जस्ता आकर्षक रंगहरूमा उपलब्ध छ ।


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved