चर्चित क्रिकेटर आरिफ र आसिफ शेख टेक्नो नेपालको ब्रान्ड एम्बेसडरमा नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2024 | 08:24:03 AM मा प्रकाशित

laxmi sunrise bank

टेक्नो ब्रान्डले प्रसिद्ध नेपाली क्रिकेटर तथा युवा आइकन आरिफ शेख र आसिफ शेखलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा सो नियुक्तिको खुलासा भएको थियो।

यो निर्णयले युवा र ऊर्जावान खेलाडीहरूका रुपमा चिनिएका आरिफ शेख र आसिफ शेखले टेक्नोको उल्लेखनीय प्रदर्शन र यसको “स्टप एट नथिङ” को भावलाई दर्शाउनेमा आफ़्हरु विश्वस्त रहेको टेक्नोले जनाएको छ। 

नेपालका ब्रान्ड एम्बेसडर घोषणा कार्यक्रममा विरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, र क्यानका सचिव पारस खड्काको उपस्थिति रहेको थियो।

टेक्नो मोबाइलका सीईओ अरिजित तलपात्राले साझेदारीको बारेमा टिप्पणी गर्दै भने, “हामी आरिफ शेख र आसिफ शेखलाई टेक्नो नेपालको ब्रान्ड एम्बेसडरका रूपमा स्वागत गर्न पाउँदा उत्साहित छौँ। उनीहरूको खेलकुदप्रतिको समर्पण हाम्रो ब्रान्डको स्टप एट नथिङसँग मेल खान्छ। हामी आशा गर्छौं कि टेक्नोसँगको उनीहरूको सम्बन्धले हाम्रो ब्रान्ड छवि र युवाहरुको संलग्नतालाई अझ उच्च बनाउनेछ।“

उक्त अवसरमा आरिफ शेखले भने, “म यो साझेदारी र यसले दर्शकहरूलाई संलग्न गराउने सम्भावनाहरूबाट उत्साहित छु। एक क्रिकेटरको हैसियतमा, म टेक्नोको उत्कृष्ट प्रविधिको कदर गर्छु किनकि खेल जगतमा मेरो उत्कृष्टताको खोजी यसको लक्ष्यसंग मिलेको छ ।“

आसिफ शेखले थपे, “टेक्नो नेपालको उत्कृष्टता मेरो जोश र जाँगरसँग पूर्ण रूपमा मिल्दोजुल्दो रहेको छ। यस अत्याधुनिक प्रविधि टेक्नोको एम्बेसडर हुन पाउँदा गौरवान्वित महसुस गरेको छु। यसले मलाई फ्यानहरूसँग जोडिने अवसरहरू सिर्जना गर्नेछ ।“

टेक्नो नेपालका पार्टनर सन्तोष भण्डारीले साझेदारीको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भने,'आरिफ शेख र आसिफ शेखलाई हाम्रो ब्रान्ड एम्बेसडरको रूपमा पाउँदा हामी हर्षित छौँ । क्रिकेट मैदानमा उनीहरूको असाधारण प्रदर्शन र युवाहरूलाई प्रेरणा दिने क्षमताले टेक्नोको अत्याधुनिक विशेषताहरु झल्काउँछ । टेक्नोको इन्नोभेसन प्रतिको समर्पण र जोशसँगै यस सहकार्यले हामीलाई युवा पुस्तासँग जोडिन मद्दत गर्नेछ।'

टेक्नोको नेपालको सबै ७७ जिल्लामा बलियो उपस्थिति रहेको छ भने १०% बजार हिस्सा ओगटेको छ । टेक्नो नेपाल देशको पाँचौं शीर्ष ब्रान्ड हो। टेक्नोको नेपालभरका ५० वटा सेवा केन्द्रहरूको सबैभन्दा ठूलो सेवा सञ्जाल रहेको छ भने १०० दिने रिप्लेसमेन्ट वारेन्टी प्रदान गर्ने यो ब्रान्ड हो। 

टेक्नो ७० भन्दा बढी देश र पाँच महादेशका क्षेत्रहरूमा रहेको एक नवीन प्रविधिको ब्रान्ड हो। टेक्नोले स्मार्टफोन,स्मार्ट वियरेबल्स, ल्यापटप, ट्याब्लेट ज्ष्इक् अपरेटिङ सिस्टम र स्मार्ट होम उत्पादनहरूको विस्तृत श्रृंखला मार्फत अत्याधुनिक आविष्कारहरू प्रदान गर्दै आफ्नो लक्षित बजारहरूमा एक मान्यता प्राप्त नेतृत्व विकास गरेको छ। 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved