कजारिया रमेश टायल्सले धनगढीमा सञ्चालनमा ल्यायो ग्यालेक्सी शोरुम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2024 | 05:22:12 PM मा प्रकाशित

laxmi sunrise bank

कजारिया रमेश टायल्सले धनगढीमा राठी इन्टरप्राइजेजद्वारा सञ्चालित कजारिया ग्यालेक्सी शोरुम सञ्चालनमा ल्याएको छ। यो शोरुम पश्चिम नेपालमा सबैभन्दा ठूलो टायल्स  शोरुमको रूपमा रहेको कम्पनीको भनाइ छ। 

स्वस्तिवाचन मार्फत शुरुवात गरिएको औपचारिक कार्यक्रममा गौरीशंकर राठी र महालक्ष्मी देवी राठीद्वारा दीप प्रज्वलित गरिएको थियो । कार्यक्रममा सुरेन्द्र राठीले नयाँ कार्यको सफलताको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल, कजारिया रमेश टायल्सका कन्ट्री म्यानेजर प्रवीण सिंह, धनगढी उपमहानगरपालिकाका मेयर  गोपाल हमाल, र धनगढी उपमहानगरपालिका ४ का अध्यक्ष बुद्धि बहादुर खड्कासहित स्थानीयवासी, उद्योग व्यवसायी तथा अन्य व्यक्तित्वको उपस्थिति थियो ।

राठी इन्टरप्राइजेजद्वारा २ हजार ५०० वर्ग मिटरमा सञ्चालित कजारिया ग्यालेक्सी शोरुम आधुनिक  डिजाइनका टायल्सहरूको लागि प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको कम्पनीले बताएको छ।

कजारिया रमेश टायल्स लिमिटेड नेपालको एक प्रमुख व्यापारिक समूह रमेश कर्प र भारतको टायल कम्पनी कजारिया सिरामिक्स लिमिटेड बीचको संयुक्त सहकार्य हो । कम्पनीले नेपालभर डिजिटल भिट्रिफाइड ग्लेज्ड टाइल्सहरू बिक्री गर्छ। 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved