युवा पुस्ताका लागि तयार पारिएको इन्फिनिक्सले नेपाली बजारमा पनि आफ्नो प्रभुत्व जमाउन सफल भएको छ। विश्वबजारमा आफ्नो प्रभुत्व जमाउन सफल भएको 'इन्फिनिक्स जीटी २० प्रो' ले नेपालमा पनि प्रभुत्व जमाउन सफल भएको कम्पनीले दाबी गरेको छ।
कम्पनीकाअनुसार 'मिडिया टेक डाइमेनसिटि अल्टिमेट ८२००' चिपसेटद्वारा संचालित गेमिङ स्मार्टफोन 'इन्फिनिक्स जीटी २० प्रो' ले मोबाइल गेमिङ प्रेमीहरूका लागि नयाँ मापदण्ड स्थापित गरेको छ।
'इन्फिनिक्स जीटी २० प्रो' यसको शक्तिशाली 'मिडिया टेक डाइमेनसिटि' चिपसेटको साथ, उच्चस्तरीय प्रदर्शनको माग गर्ने गेमरहरूका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ। यो चिपसेटले असाधारण गति, दक्षता, र ग्राफिक्स क्षमता प्रदान गर्दछ, जसले खेलहरूलाई पूर्ण रूपमा बिना ढिलाइको अनुभव सुनिश्चित गर्दछ।
कम्पनीकाअनुसार यो इन्फिनिक्सको डुअल चिप्स सहितको पहिलो फ्ल्यागशिप एस्पोर्ट्स स्तरको फोन हो। इन्फिनिक्स जीटी २० प्रो पब्जी मोबाइल संस्करणलाई पीएमएसएल, इएमईए र सीएसए को लागि आधिकारिक गेमिंङ फोनको रुपमा तोकिएको छ।
बजारमा उपलब्ध फोनहरुको तुलनामा इन्फिनिक्स गेमिङ डिस्प्ले चिप भएको एक मात्र स्मार्टफोन भएको कम्पनीको दाबी छ। यो इन्फिनिक्सबाट पहिलो आईआरएक्स प्रमाणित स्मार्टफोन भएको समेत कम्पनीले दाबि गरेको छ।
फोनको स्थिर फ्रेम, दर इन्जिनले प्रभावकारी पावर खपत, इष्टतम रेन्डरिङ दक्षता, गेमिङको समयमा स्मार्ट कूलिङ, सहज भिजुअलहरू, र द्रुत नेटवर्क कार्यसम्पादन यस फोनको बिशेषता हो। पेशेवर गेमिङका लागि डिजाइन गरिएको, इन्फिनिक्स जीटी २० प्रो ले बेजेल डिस्प्ले र ध्वनि सहितको डुअल स्पिकरहरू प्रदान गरेको छ। यसले गेमरहरूलाई इमर्सिभ अडियोभिजुअल अनुभव प्रदान गर्दछ।