लुयान नेपालले लुयान चाडपर्व अफर ल्याएको छ। यो अफर अन्तर्गत लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्दा दश हजारसम्म नगद छुटका साथै एअर फ्रायर पनि उपहार प्रदान गरिने कम्पनीले जनाएको छ।
कम्पनीकाअनुसार यो अफर भदौ एकदेखि भदौ अन्तिमसम्म चल्नेछ। यसका साथै चालुआर्थिक वर्षको कर, एउटा प्रिमियम हेलमेट र ६ पटक सर्भिस फ्रिमा उपलब्ध गराइनेछ।
यसका साथेैकुनैपनि पुराना बाइक अथवा स्कुटर ल्याएर लुयानका नयाँ स्कटुरसगँ साटफेर गरेर पनि लान सकिने कम्पनीले जनाएको छ। पुराना बाइक अथवा स्कटुर पेट्रोलवाला भएपनि अथवा इलेक्ट्रिक भएपनि एक्सचेन्जको सुविधा रहेको छ।
नियमित आम्दानीको आधारमा फाइनान्सको पनि सुविधा उपलब्ध रहेको छ भने आम्दानीको स्तरको आधारमा कमसकेम २०% डाउनपेमेन्टमा र अधिकतम २ बर्षसम्मको फाइनान्स सुविधा रहेको छ।
कम्पनीकाअनुसार लुयानका स्कुटरहरुमा लिक्विड कुल्ड मोटर हुने हुँदा अन्य सामान्य हब मोटरवाला स्कुटर भन्दा तान्ने क्षमता बढी हुनेगर्दछ भने यसको लाइफ पनि बढी हुन्छ। आइपि ६७ वाटर एण्ड डस्ट रेसिस्टेन्टयत्तु स्कटुर भएकाले लुयानका स्कुटरहरुलाई बर्षायाममा चलाउन कुनैसमस्या पर्ने छैन ।
काठमाण्डौं उपत्यका भित्र मात्र ७ स्थानमा सर्भिस सेन्टरको व्यवस्था रहेको छ भने हरेक सर्भिस सेन्टरमा चार्जिङ्ग प्वाइन्ट पनि रहेकोले आवश्यक परेमा ग्राहकले आफ्नो स्कुटर चार्ज गर्न सक्ने कम्पनीले दाबी गरेको छ।
लुयान ब्राण्ड इलेक्ट्रिक स्कुटरको लागि विश्वविख्यात नाम हो । यसको स्थापना करिब २७ बर्ष पहिला चीनमा भएको हो । आजको मितिसम्म आइपुग्दा विश्वका करिब ८० बढी मुलुकहरुमा लुयानका इलेक्ट्रिक स्कुटरहरुकोबिक्रि वितरण भइरहेकोछ ।