नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने बृज इन्टरनेशनल एजुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडर नियुक्त भएका छन् ।
सो सम्बन्धी सम्झौतामा सोमबार बृज इन्टरनेशनल एजुकेशनल कन्सलटेन्सी र लामिछाने बीच हस्ताक्षर भएको छ ।उनी दुई वर्षका लागि बृज इन्टरनेशनल एजुकेशनल कन्सलटेन्सीको एम्बासेडर रहने छन् । बृज इन्टरनेशनल एजुकेशनल कन्सलटेन्सीले सम्झौता रकम भने खुलाएको छैन ।
सम्झौता पछि बोल्दै सन्दीपले बृज इन्टरनेशनल एजुकेशनल कन्सलटेन्सीसँग सम्झौताले आफुलाई धेरै हौसला प्रदान गर्ने बताएका छन् । साथै उनले खेल जीवनमा धेरै सहयोग पुग्ने बताए ।
यस्तै बृज इन्टरनेशनल एजुकेशनल कन्सलटेन्सीका निर्देशक भुवन गिरीले सन्दीप जस्तो खेलाडी कन्सलटेन्सीसँग जोडिनु सकारात्मक भएको बताए । साथै उनले नेपाली क्रिकेट र शिक्षा जगतलाई एक ठाउँमा जोड्ने पाटो पनि रहेको बताए ।