रगतमा ग्लुकोजको मात्रा पत्ता लगाउने ‘ओट्टो चेकर’ मोडलको नयाँ फोन नेपाली बजारमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 13, 2017 | 08:08:51 AM मा प्रकाशित

laxmi  sunrise bank

मोबाइल उत्पादक कम्पनी ओट्टोले नेपाली बजारमा ‘ओट्टो चेकर’ मोडलको नयाँ फोन भित्र्याएको छ। यस फोनमा केही आर्कषक विशेषता समावेश गरिएको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार फोनमा रहेको ग्लुको मिटरले शरिरमा रहेको ग्लुकोजको मात्रा पत्ता लगाउन मद्दत गर्दछ। संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधि संघद्धारा यो मिटर प्रमाणित गरिएको हो। ग्लुकोजको मात्रा चेक गर्ने सुविधाका लागि विशेष किटको आवश्यक्ता पर्नेछ! जुन कम्पनीले फोन किन्दा ५ वटाको संख्यामा निशूल्क प्रदान गर्ने जनाएको छ। 

फोनमा रहेको अर्को पेडोमिटरले पैदल यात्रा गर्दा कति दुरी कति पाईलामा पार गर्यो भन्ने जानकारी दिने गर्छ। तीन विभिन्न कलरहरुमा उपलब्ध यस फोनको मूल्य नेपाली बजारमा जम्मा ३ हजार ४ सय ९६ रुपैंयाँ निर्धारण गरिएको छ।

फोनको जयमा इन्टरकन्टिनेन्टल प्रालि आधिकारीक विक्रेता हो। बिहिबारबाट केमु मार्फत अनलाइनमा समेत फोन किन्न सकिने कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved