भिभो र जाइसको सहकार्यमा बजारमा मिड–रेन्जको स्मार्टफोन ल्याउने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2024 | 05:24:58 PM मा प्रकाशित

laxmi sunrise bank

ग्लोबल टेक्नोलोजी ब्राण्ड भिभोले आफ्नो ग्लोबल इमेजिङ पार्टनर जाइससँग मिलेर विकास गरेको नयाँ प्रिमियम मिड–रेन्ज डिभाइसको आगामी लन्चको साथ नेपाली स्मार्टफोन बजारमा ल्याउने तयारीमा छ ।

यो अग्रणी सहकार्यले देशभरका बढीभन्दा बढी उपभोक्ताका लागि प्रोफेशनल–ग्रेड मोबाइल फोटोग्राफीको पहुँच पुर्‍याउने एक महत्वपूर्ण कोसेढुङ्गा सावित हुने कम्पनीको भनाइ छ ।

भिभोले २०२० देखि जाइससँग ग्लोबल सहकार्य शुरु गरेको हो । पहिलो भिभो जाइस् सह–इन्जिनियरिङ्ग इमेजिङ प्रणाली भिभो एक्स सिरिजसँगै डेब्यू भयो, जसले स्मार्टफोन फोटोग्राफीको लागि नयाँ मानकहरू स्थापित गरेको छ ।

भिभोको फ्ल्यागसिप एक्स सिरिजमा जाइस अप्टिक्सको सफल एकीकरणले विश्वभरका प्रयोगकर्ताहरूका लागि फोटोग्राफी मापदण्डहरूलाई पुनः परिभाषित गरेको छ । अब, प्रिमियम मिड–रेन्ज सेग्मेन्टमा जाइस प्रविधिको परिचयसँगै भिभोले नेपाली उपभोक्ताहरूलाई असाधारण इमेजिङ क्षमताहरू प्रदान गर्ने छ ।

भिभो नेपालका प्रबन्ध निर्देशक माइकल लिउले नेपालमा प्रिमियम मिड–रेन्ज स्मार्टफोन सिरिजमा जाइस् अप्टिक्सको शक्ति परिचय गराउन पाउँदा उत्साहित भएको बताए । साथै उनले यो सहकार्यले नेपाली उपभोक्ताहरूको अपेक्षालाई पुरा हुने आशा राखेको बताए । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved