डिजाइन कपी हुन थालेपछि राइनो लेदरले दर्ता गर्यो ट्रेडमार्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2024 | 10:53:57 PM मा प्रकाशित

laxmi sunrise bank

ज्याकेट तथा ब्यागको डिजाईन कपी हुन थालेपछि नेपाली ब्राण्ड ‘राईनो लेदर’ले डिजाईन दर्ता गराएको छ। विभिन्न कम्पनीले हेर्दा राईनो लेदरको जस्तै उत्पादन बजारमा ल्याएपछि बाध्य भएर डिजाईनहरुको ट्रेडमार्क दर्ता गर्नु परेको राईनो लेदरकी निर्देशक अलिशा शाहले जानकारी दिइन्। 

‘हामीले उच्च गुणस्तरको ´ए ग्रेड`लेदरको प्रयोग गरेर डिजाइनरको सहयोगमा उत्पादन बजारमा ल्याउछौं र केही कम्पनीले हाम्रो डिजाइनको नक्कल गरेर कमसल सामान बजारमा ल्याइरहेका छन्। त्यही कार्य रोक्न उद्योग विभागमा ट्रेडमार्क दर्ता गराएका हौं,’ उनले भनिन्।  

हालसम्म करिव ४० भन्दा धेरै डिजाइन दर्ता गरिएको उनले बताइन्। फेरीपनि कसैले राईनो लेदरको डिजाइन कपी गरेर सामान बजारमा ल्याए कानुनी प्रक्रियामा जाने उनले चेतावनी दिइन्। यदि कसैले यस्तो कार्य गरेमा पेटेण्ड डिजाइन र ट्रेडमार्क एन २०२२ अन्तर्गत बस्तु जफत र ५ लाख सम्म जरिवाना हुन सक्ने कम्पनीले जनाएको छ।

‘यो हाम्रो मात्र होइन, सबै राम्रो नेपाली ब्राण्डको समस्या हो। हाम्रो यो कदमले अरु ब्राण्डहरुलाई पनि सहयोग पुग्छ,`शाहले भनिन्।

त्यस्तै अहिले विभिन्न कम्पनीले आफ्नो ब्राण्डको नाम राईनो लेदरको नामसगँ मिल्दो जुल्दो नाम राखेर वा राईनो लेदरकै टिमले बनाएको हो भनेर भ्रम फैलाईरहेकाले त्यस्ता भ्रमबाट सजग हुन उनले आग्रह समेत गरिन्। 

राईनो लेदरले हाल लेडिज र जेन्ट्सका ज्याकेट, लेडिज र जेन्ट्सका प्यान्ट, साइड ब्याग, ट्रलिब्याग, ट्राभलिङ ब्याग, ब्याक प्याक, लेडिज पर्स, जेन्ट्स वालेट, ल्यापटप ब्याग, लेडिज र जेन्ट्सका बेल्ट, किरिङ्ग लगाएतका दर्जनौ सामानका साथै विभिन्न प्रकारका कर्पोरेट आइटमहरु उत्पादन गरिरहेको छ। राईनो लेदरका उत्पादनहरु लाई ए ग्रेडको छालाको प्रयोग गरेर आफ्नै डिजाइनर मार्फत डिजाईन गरिने हुँदा गुणस्तरिय र अरु भन्दा यूनिक छ।  

२५ वर्ष पुरानो यो कम्पनीको ३ वटा आउटलेट छ भने प्रत्यक्ष रुपमा १ सय भन्दा धेरैले रोजगारी पाइरहेका छन्। कम्पनीले विशेषत महिला,  विपन्न तथा असाहय व्यक्तीहरुलाई रोजगारी दिइरहेको उनले बताइन्।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved