मिसेस नेपाल वर्ड २०२४ को राइड पार्टनरमा लुयान ब्राण्डको इलेक्ट्रिक स्कुटर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2024 | 11:20:48 PM मा प्रकाशित

laxmi sunrise bank

मिसेस नेपाल वर्ड र लुयान नेपाल बीच राइड पार्टनर सम्बन्धि हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ। आगामी भदौ १५ गते अडिसन राउण्ड हुँदै शुरु हुन लागेको मिसेस नेपाल वर्ड २०२४ को लागि राइड पार्टनरको रुपमा लुयान ब्राण्डको इलेक्ट्रिक स्कुटरको बिक्रेता जीरो इमिसन राइड एनसँग आयोजक रिबन इन्टरटेनमेन्टले हस्ताक्षर गरेको हो ।

लुयान नेपालका प्रबन्ध निर्देशक दुर्वास नगरकोटी र मिसेस नेपालका सिइओ निसुु झा बीचमा हस्ताक्षर भएको हो । 

कार्यक्रममा बोल्दै लुयान नेपालका प्रबन्ध निर्देशक नगरकोटीले भने, हामीे आफ्नो इलेक्ट्रिक स्कुटरको व्यवसायलाई सवारी साधनको भविष्यको रूपमा अघि बढाउँदै मिस नेपाल वर्ल्ड जस्तो महत्वपूर्ण प्रतियोगितालाई राइड पार्टनरको रुपमा सपोर्ट गर्न पाउँदा अत्यन्त गर्वित र उत्साहित छौं ।  हामी विश्व वातावरणको अनुकुल हुने इलेक्ट्रिक स्कुटर बिक्रेता भएको र आयोजकले पनि विश्व वातावरणमा योगदान पुग्ने गरी आफ्ना प्रतियोगीहरुलाई प्रशिक्षित गर्ने योजना समेत समावेश गरेकोमा हामी त्यसप्रति समर्थन जनाउँदै यो खालको सहयोग गर्ने निर्णय गरेका हौं ।"

यस इभेन्टले पछाडि परेका गृहिणी महिलाहरुको क्षमता र दक्षतालाई पहिचान गरी उनीहरूलाई आफ्नो व्यक्तिगत साथै समाज र विश्व कै लागि सकारात्मक योगदान गर्न प्रेरित गर्दछ भन्नेमा आफुहरु विस्वस्त रहेको नगरकोटीले बताए। 

कार्यक्रममा मिसेस नेपाल वर्डका आयोजक रिबन इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक आश्विनी झाले वातावरणीय सन्तुलनका लागि लुयान नेपालले गर्न चाहेको योगदान सह्राहनीय भएको उल्लेख गर्दै लुयान नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन। 

रिबन इन्टरटेनमेन्टका सिइओ निशु झाले आजको समयमा जीरो इमिसनको म्यासेज समाज र विश्वलाई दिने कार्यमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन। 


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved