पठाओ पार्सल डेलिभरी महोत्सव : नेपालभर १ रुपैयाँमै पार्सल डेलिभरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2024 | 01:10:24 PM मा प्रकाशित

laxmi sunrise bank

नेपालभर डेलिभरी नेटवर्क भएको पठाओ पार्सलले एक महिनासम्म नेपालभर १ रुपैयाँमै समान डेलिभरी गर्ने भएको छ । गा्रहक तथा व्यवसायीहरुले ‘पठाओ पार्सल डेलिभरी महोत्सव’ अन्तर्गत आगामी भदौ १६ गतेदेखि असोज १४ गतेसम्म यो सेवा पाउने भएका हुन् ।

काठमाडौं उपत्यकाका साना तथा ठूला सबै व्यवसायलाई नेपालभर पुर्‍याउने उद्देश्यले एक महिने ुपठाओ पार्सल डेलिभरी महोत्सवु शुरु गरिएको  पठाओ नेपालको मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताइन् ।

पठाओले हाल नेपालका ३०० भन्दा बढी स्थानमा पार्सल डेलिभरी सेवा दिंदै आएको छ । पठाओ पार्सलबाट उपत्यकामा २४ घण्टा भित्र,  उपत्यकाबाहिरका मुख्य सहरमा दोस्रो दिन र अन्य स्थानमा तीन दिन भित्र समान डेलिभरी भइसक्ने पठाओले बताएको छ ।

२०२३ डिसेम्बरदेखि सेवा शुरु गरेको पठाओ पार्सलले एक वर्ष नपुग्दै १ हजारभन्दा बढी व्यवसायलाई डेलिभरी सेवा प्रदान गरिसकेको र मासिक ९० हजारभन्दा बढी डेलिभरी गर्ने गरेको उनले बताइन् ।

पठाओ पार्सलमा मर्चेन्ट बन्नका लागि एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोर तथा  आईओएस प्रयोगकर्ताले एप स्टोरबाट पठाओ मर्चेन्ट एप डाउनलोड गरि सेवा लिन सक्नेछन् । 

पठाओ पार्सलमा आबद्ध भएका मर्चेन्टको आफ्नो छुट्टै प्रोफेसनल ड्याशबोर्ड हुने र त्यहाँबाट नै पेमेन्ट डिटेलका साथै आफ्नो पार्सल कहाँ पुग्यो भनेर ट्रयाक गर्न मिल्ने सुविधा छ । डेलिभरीबापत जम्मा भएको पैसा ४८ घण्टा भित्रै मर्चेन्टको खातामा जम्मा हुने पनि उनले बताइन् ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved