![laxmi sunrise bank](https://bizpati.com/../uploads/bannerads/610-4-1-GIF-Laxmi-sunrise-TVc_ 250x250px.gif)
जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा भित्रिएको छ ।
५२ वर्ष अगाडी नेपालमा लक्जरी स्विस वाच आयात तथा बिक्री वितरणबाट आफूलाई स्थापित तुल्याएको स्विस टाईमपिसेस् नेपाल प्रालिले नोमसलाई भदौ १५ गतेबाट औपचारिक समारोहमार्फत नेपालमा लन्च गरेको हो । स्विच टाईमपिसेस् नेपालको दरबारमार्ग स्थिती बिक्रीकक्षबाट नोमोसको बिक्री तथा बिक्री पश्चातको सेवाको शुभारम्भ गरिएको हो ।
सन् १९९० मा जर्मनीको ग्लासहुटमा स्थापना गरिएको नोमोसले म्यानुअल वाईण्डिङ र अटोमेटिक मेकानिकल वाच उत्पादनमा आफूलाई विशिष्टकृत गरेको छ । डिजाईनमा सिम्प्लिसिटी र एलिगेन्स भएका नोमस वाच मिनिमलिस्ट वाच डिजाईनका रुपमा संसारभर ख्याति पाउन सफल भएका छन् ।
प्रिसाईज्ड टाईम किपिङका लागि चिनिएको नोमोस वाच कलेक्टरहरुले सर्वाधिकक रुपमा आफ्नो कलेक्सनमा राख्न रुचाउने मध्येको एक ब्राण्ड हो । स्विजरल्याण्डभन्दा बाहिर रहेर वाच मेकिङमा ठूलो सफलता हासिल गर्ने थोरै ब्राण्ड मध्येको नोमसलाई जर्मनी र विश्व भरनै सम्मानपूर्वक हेरिने गरिन्छ ।
नेपाली बजारमा नोमसलाई आधिकारीक रुपमा लन्च गर्दै स्विस टाईमपिसेस् नेपालका अध्यक्ष शम्भु दयाल झुनझुवालाले नेपाली वाच कलेक्टरहरुले लामो समयदेखि प्रतीक्षा गरेको नोमस नेपाली बजारमा भित्र्याउन पाँउदा खुसी लागेको बताए ।