सीजीले दशैं तिहारका लागि ल्यायो सामान खरिदमा डब्बल खुसी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2024 | 05:51:22 PM मा प्रकाशित

laxmi sunrise bank

सीजीले दशैं र तिहारको अवसरमा ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ ।

 ग्राहकहरुको दशैं र तिहार थप उल्लासमय बनाउन लक्षित उक्त योजनाले प्रत्येक सीजीका सामानहरुको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सकिने छ ।

उक्त योजना अन्तर्गत सजी तथा सीजी मेरिडियाका सामानहरुको खरिदमा ६० हजार ५०० रुपैयाँसम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

चाडपर्व अफरमा ग्राहकहरूले सीजी टीभी खरिद गर्दा आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यस्तै, यो योजना अन्तरर्गत सीजी स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

त्यसैगरी, सीजीले ग्राहकहरूलाई सीजी एयर कन्डिसनर खरिद गरेबापत निःशुल्क जडान पनि प्रदान गर्ने बताएको छ । यो योजना आगामी भदौ २३ गतेबाट नेपालभर सीमित अवधिको लागि लागू हुने कम्पनीले बताएको छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved