बुद्ध एयरले बिदा गर्‍यो एटीआर, एउटै विमानबाट १८ लाख यात्रुलाई सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2024 | 12:34:39 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक बुद्ध एयरले ७० हजार उडान साइकल पूरा गरेपछि मंगलबारदेखि एउटा नाइन एन एआईएन कलसाइनको एटीआर ४२ जहाजलाई विधिपूर्वक बिदा गरेको छ । 

उडान साइकल सकिए पछि कम्पनीले १८ लाख यात्रु बोकेको यो जहाजको औपचारिक रुपमा बिर्दा गरेको हो । उडानमा एउटा टेकअफ र एउटा ल्यान्डिङलाई एक साइकल मानिन्छ ।

 सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यवसायिक उडान शुरु गरेको उक्त जहाजले मंगलबार अन्तिम माउन्टेन फ्लाइट गरेको थियो ।१६ वर्षको सेवापछि सो जहाज उडाउन बन्द गरेर ह्याङ्गरमा राखिएको छ । उक्त जहाजलाई बुद्ध एयरका कर्मचारीहरुले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वाटर स्यालुटसहित बिदाइ गरेका थिए।

उक्त जहाज कम्पनीले नै ४० हजार घण्टा उडाएको छ भने नेपाल आउनु अद्धिघ नै यसले ३० जहार घण्टा उडान गरिसकेको थियो । यो जहाजको कति पाटपूर्जा काम लाग्छन् त्यसलाई निकाल्ने, जहाजको बडी निकाल्ने र काम लाग्नेलाई प्रयोग गर्ने र नलाग्नेलाई स्क्राप गर्ने कम्पनीले बताएको छ ।  कम्पनीका अनुसार जहाजको आयु सकिएकोले अब यसलाई विस्थापित गरिएको हो ।विमान निर्माता कम्पनीले तोकेको साईकलभन्दा १ अतिरिक्त उडान पनि गर्न पाइदैन । 

कम्पनीले सन् २००८ मा अन्तरराष्ट्रिय वित्त निगम(आईएफसी) को ऋण सहयोगमा दुई वटा एटीआर–४२–३२० जहाज नेपाल ल्याएको थियो ।  उसले आईएफसीकै ऋण सहयोगमा ह्यांगरको निर्माण पनि थालेको थियो । विगत १६ वर्षको अवधिमा कम्पनीले १९ वटा एटीआर जहाजहरु ल्याएर घरेलु बजारमा उडान गरिरहेको छ । कम्पनी एटीआर अपरेटरतर्फ संसारकै सातौं ठूलो एयरलाइन्स कम्पनी बनेको छ।

कम्पनीले १६ वर्ष ३ दिने उडानका  क्रममा उक्त जहाजले १८ लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको कम्पनीको भनाइ छ ।कम्पनीका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले जहाजलाई बिदा गर्ने क्रममा एटीआर विमानहरुको मर्मतसम्भार र उडान सञ्चालनमा बुध्द एयरको टेक्निकल तथा अपरेसन टिम विकसित राष्ट्रकोभन्दा कम नरहेको बरु अब्बल रहेको बताए ।

कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि, विभिन्न बैंकका उच्च अधिकृतहरुको पनि उपस्थिती  थियो । कम्पनीले हाल  दैनिक १५० भन्दा बढि उडानमार्फत दशौं हजार यात्रुलाई सेवा प्रदान गरिरहेको बताएको छ ।

कम्पनीले घरेलु उडानतर्फ पोखराबाट नेपालगञ्ज, भैरहवा तथा चितवनको पनि सिधा उडान गरिरहेको छ भने धनगढी तथा सुर्खेतमा पनि उडान संख्या वृद्धि गरेको छ । यसैगरी, अन्तरराष्ट्रिय उठानतर्फ भने कम्पनीले साताको ३ दिन भारतको वाराणसी उडान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved