मनकामना केबुलकारको स्तरोन्नति, असोज १ देखि पुनः सुचारु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2024 | 04:58:10 PM मा प्रकाशित

laxmi sunrise bank

देशकै पहिलो यात्रुबाहक केबुलकार सेवा अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ । मनकामना दर्शनले चितवनको चेरेसदेखि गोरखाको मनकामना माईको मन्दिरसम्म सञ्चालन गरिरहेको मनकामना केबुलकारको स्तरोन्नति दुई महिना लगाएर सम्पन्न गरेको बताएको छ ।

अस्ट्रियाको केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा केबुलकारको स्तरोन्नति सम्पन्न भएको हो ।  गत असार ३१ गतेदेखि केबुलकारको सेवा रोकेर डिजिटल स्तरोन्नति र मुख्य लठ्ठा फेर्ने काम सम्पन्न गरिएको कम्पनीले बताएको छ । करिब ५० करोड रुपैयाँको लागतमा स्तरोन्नति सकिएसँगै केबुलकार असोज १ गते मंगलबारदेखि पुनः सुचारु हुने कम्पनीको भनाइ छ ।

कम्पनीले सेवा शुरु गरेको २६ वर्षपछि केबुलकारको मुख्य लठ्ठा फेर्ने र डिजिटल डी–कनेक्ट प्रणालीमा स्तरोन्नति गर्ने काम सम्पन्न गरेको हो । यसअघि भने कम्पनीले केबुलकार एनालग अपरेटिङ सिस्टमबाट चलाउँदै आएको थियो ।

कम्पनीले आफ्नो सेवालाई समय र प्रविधिमाआएको परिवर्तनअनुरुप स्तरोन्नति गरेको बताएको छ ।  कम्पनीले नेपालमा पहिलो पटक मनकामना केबुलकार २०५५ मंसिर ८ गतेदेखि सञ्चालनमा ल्याएको थियो ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved