थकाली लङ ग्रेन बास्मती चामल खरिद गर्दा कार, मोटरसाइकल र अन्य उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2024 | 04:38:45 PM मा प्रकाशित

laxmi sunrise bank

 सेञ्चुरी फूडले थकाली लङ ग्रेन बास्मती चामल खरिद गर्दा ग्राहकले हात खाली नजाने गरी उपहारहरु पाउने योजना सार्वजनिक गरेको छ।

आगामी चाडपर्वको उपलक्ष्यमा कम्पनीले थकाली लङ ग्रेन बास्मती चामलमा उक्त योजना ग्राहकमाझ लिएर आएको हो। सो योजनाअन्तर्गत ग्राहकले हरेक चामलको बोरामा हात खाली नजाने गरी उपहार पाउन सक्नेछन् भने भाग्यशाली ग्राहकले चामलको बोरा खरिद गर्दा मोटरसाइकलदेखि कार पनि पाउन सक्नेछन्।

कम्पनीले थकाली लङ ग्रेन बास्मती चामल डिलर्स मिटमार्फत उक्त योजनाको घोषणा गरेको हो। कम्पनीका अनुसार हरेक बोरामा आकर्षक उपहार  छन् भने माइक्रोवेभ ओभन, वासिङ मेसिन, रेफ्रिजिरेटर, स्मार्टफोन, स्मार्टवाचका साथसाथै किचेन युटेन्सिल्स पनि छन् ।  

कम्पनीले डिलरहरुको योगदानको कदर गर्दैदक्षताअनुसार सञ्चालकहरुलाई थाइल्यान्ड, इन्डानेशियाको बाली तथा सिंगापुर भ्रमणलगायत एशियाकै लक्जरी क्रुजको आनन्द लिने व्यवस्था मिलाएको पनि बताएको छ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved