स्टाइलिश स्मार्टफोन ब्रान्ड टेक्नोले टेक्नो स्पार्क गो वान बजारिकरण गर्ने भएको छ।
यसको शुरुवाती मूल्य ११ हजार ९९० रुपैयाँ रहेको छ । स्पार्क गो वान सेप्टेम्बर १६ देखि अनलाइन र अफलाइन दुवै बजारहरूमा उपलब्ध हुने कम्पनीको भनाइ छ । कम्पनीले मुलुकभर ५० भन्दा बढी सेवा केन्द्रहरू रहेको पनि बताएको छ । टेक्नो नेपालका साझेदार सन्तोष भण्डारीलेले नेपाली बजारमा टेक्नो स्पार्क गो वान प्रस्तुत गर्न पाउँदा उत्साहित भएको बताए ।
टेक्नो स्पार्क गो वानले ८ जीबी र १२८ जीबीसम्मको मोवाइल फोन ११ हजार ९९० रुपैयाँमा कालो, ग्लिटरी ह्वाइट र लाइम ग्रीन रंगहरुमा उपलब्ध गराएको छ। यो सेप्टेम्बर १६ मा नेपालका स्टोरहरूमा अफलाइन र अनलाइन दुबैमा उपलब्ध हुने कम्पनीको भनाइ छ ।
टेक्नो स्पार्क गो वान तीन वटा भेरिएन्टहरूमा उपलब्ध छन् ।कम्पनीका अनुसार यसमा १०० दिनसम्मको रिपेल्स्मेन्ट ग्यारेन्टी र १२ं१ महिनाको वारेन्टी पनि उपलब्ध छ।