भिभोले बजारमा भिभो भी ४० सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले आगामी स्मार्टफोनलाई लिएर ठूलो उत्सुकता जगाइरहेको बताएको छ । जसमा मोबाइल फोटोग्राफी अनुभवलाई पूर्ण रूपमा रूपान्तरण गर्न सकिने छ ।
स्रोतहरूका अनुसार यो स्मार्टफोनले प्रयोगकर्ताहरूको पोर्ट्रेट फोटोग्राफीलाई व्यावसायिक स्तरसम्म उकास्न सक्छ । यो विश्व प्रसिद्ध ब्रान्ड जाइस्सँगको सहकार्यमार्फत सम्भव भएको कम्पनीको भनाइ छ ।
प्रयोगकर्ताहरूले भिजुअल अनुभव वृद्धि गर्नका लागि थ्रिडी कर्भ स्क्रिन र सिल्की–स्मूद १२० हर्जको रिफ्रेस रेट पनि अपेक्षा गर्न सक्नेछन् । भिभोले भी सिरिजको पहिचान शैलीलाई निरन्तरता दिंदै बजारमा भी ४० स्टाइलिशका साथ हल्का ल्याउने तयारी गरिरहेको छ । यसका साथै यो सम्भवतः अहिलेसम्मकै पातलो भी सिरिज फोन हुनेछ, जसमा शक्तिशाली ५५०० एमएएचको ठूलो ब्याट्री हुने छ ।
भिभो भी ४० मा एआई थ्रीडी स्टुडियो लाइटिङको डेब्यु गरिदैछ । भी ४० को आधिकारिक सार्वजनिक घोषणाको प्रतीक्षा हुँदै गर्दा यो फोनले फोटोग्राफीको सारलाई पुनः परिभाषित गर्ने कम्पनीको भनाइ छ ।