नयाँ खेलाडी छनौट गर्न काठमाडौं स्पाइकर्सको ट्यालेन्ट हन्ट कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2024 | 11:57:30 AM मा प्रकाशित

laxmi sunrise bank

काठमाडौं स्पाइकर्सले वात्सल्य एभरेस्ट महिला भलिबल लिगको आगामी सिजनका लागि नयाँ  खेलाडीहरूको छनोट गर्न विशेष ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गर्ने भएको छ । यो कार्यक्रम आगामी भदौ ५  गते काठमाडौंको कभर्ड हलमा हुनेछ।

उक्त समारोह बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। काठमाडौं स्पाइकर्सका प्रमुख कार्यकारी अधिकृत (सीओओ) सुदिक्षा अधिकारीको विशेष पहलमा यस कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

उनले भनिन्, ‘हाम्रो उद्देश्य आगामी भलिबल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने र अन्तरराष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्ने खेलाडीहरूलाई अवसर प्रदान गर्नु हो।’

काठमाडौं स्पाइकर्सले नयाँ पुस्ताका खेलाडीहरूलाई प्रोत्साहन गर्दै प्रतिभा उजागर गर्न र खेल क्षेत्रको विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ। यस कार्यक्रमले युवा तथा उत्साही खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने आयोजकको भनाइ छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved