होण्डाको चाडपर्व योजना अन्तर्गत ग्राहकले जिते १/१ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2024 | 10:37:18 AM मा प्रकाशित

laxmi  sunrise bank

होण्डा नेपालले हाल चलाईरहेको चाडपर्व योजना “हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार“ अन्तर्गत चार भाग्यशाली ग्राहकहरूले जनही १ लाख नगद पुरस्कार जितेका छन् । स्क्र्याच कार्डमार्फत छनोट गरिएको विजेतामा एकान्तकुनाको तिरुमाला मोटर्सबाट निश्चल घर्ती, भरतपुरको युनाइटेड मोटर्स प्रालिबाट प्रतिमा भन्डारी, वालिङको आस्था ट्रेडर्सका सन्तोष सुवेदी र महेन्द्रनगरको केडी अटोमोबाइल्सकी ग्राहक शान्ति साउद छन्।

कम्पनीका अनुसार यस योजनाअन्तर्गत, यो चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरूले प्रत्येक खरिदमा रु.१० लाखसम्मको नगद पुरस्कार जित्ने मौका पाउनुहुनेछ । दशैं, तिहार र छठ पर्वको अवसर पारेर कम्पनीले अफर योजना ल्याएको हो । यसलाई ग्राहकहरूले मन पराएको कम्पनीले उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved