भारतमा सम्पन्न र्याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात रोयल इन्फिल्ड क्लासमा विजयी बनेका नेपाली राइडर दीपक साह सम्मानित भएका छन्। रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका राइडर दीपक साहलाई रोयल इन्फिल्ड नेपाल अल्फा अटो मोटिभले सम्मान् गरेको हो ।
काठमाण्डौको एटिक रेष्टुरेन्टमा ७० जना जति नेपालका अनुभवी, भेटरान राईडस्हरु र मिडियाकर्मी साथिहरु बिचमा खादा, सम्मान पत्र, नगद रुपैया ९५,००० सहित भव्य सम्मान सहितको कार्यक्रम आयोजना गरेर उनलाई सम्मान गरिएको हो।
हिमालयन एक्स्ट्रिम मोटरस्पोर्ट्सका चिफ तथा १२ पटक सम्मका रेड डी हिमालय तथा अन्य धेरै (याली विजेता सुरेश रानाले राइडर साहलाई ट्रफी हस्तान्तरण गरे । राइडर साहले नेपालीको पहिचान ढाका टोपी र राष्ट्रिय झन्डा साथमा लिएर ट्रफी ग्रहण गरेका थिए ।
प्रसिद्ध राइडर दीपक साहले असोज १६ गतेदेखि २० गतेसम्म ९२ अक्टोबर – ६ अक्टोबर भारतमा आयोजना भएको याली अफ हिमालयाजको चौथो संस्करणमा रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका थिए । यो रोमाञ्चक अफरोड मोटरस्पोर्ट इभेन्ट चुनौतीपूर्ण भू–भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ।
भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्याली सम्मको करिव ६ सय किलोमिटर दुरीमा सो प्रतियोगिता भएको थियो । सो अवसरमा कठिन भौगोलिक बनावट र करिव ४ हजार ५५१ किलोमिटर सम्म उचाई भएको कुन्जुम पास समेत राइडरहरुले पार गरेका थिए ।