नयाँ र शक्तिशाली फिचर सहित नेपाली बजारमा भित्र्याइदै अनर मोबाइल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2024 | 10:41:30 PM मा प्रकाशित

nepal oil ltd

ग्लोबल टेक्नोलोजी ब्रान्ड अनरले बजेटमैत्री ग्राहकहरूका लागि बनाएको नयाँ 'अनर एक्स सेभेनसी फोरजी' प्रस्तुत गर्न लागेको जनाएको छ। टिकाउपन, लामो ब्याट्री क्षमता, र उत्कृष्ट फोटोग्राफी विशेषतासहित यो स्मार्टफोनले ग्राहकलाई बलियो र किफायती अनुभव दिने विश्वास गरिएको छ। 

कम्पनीकाअनुसार 'अनर एक्स सेभेनसी' मा फाइभ स्टार ड्रप रेजिस्टेन्स र 'एसजीएस' प्रिमियम परफर्मेन्स सर्टिफिकेसन रहेको छ। जसमा कुशनिङ आर्किटेक्चर र टेम्पर्ड ग्लास स्क्रिनले दैनिक झट्कालाई सहजै सहन सक्छ। 'आइपी६४' रेटिङले यसलाई धुलो र पानीका छिटाबाट सुरक्षित राख्छ। जसले यसलाई हरेक वातावरणका लागि उपयुक्त बनाउँछ।

कम्पनीकाअनुसार 'अनर एक्स सेभेनसी' मा '६०००एमएएच' को सुपर टिकाउ ब्याट्री छ। जसले २८.५ घण्टा सम्मको स्ट्रिमिङ वा २१.५ घण्टा सम्मको भिडियो प्लेब्याक समय प्रदान गर्दछ। यसमा रहेको ३५ वाट सुपरचार्ज टेक्नोलोजीले चार्जको चिन्ता बिना तपाईंलाई जडित राख्छ।

साथै, १०८एमपी एआई क्यामेरा प्रणालीले उत्कृष्ट फोटोग्राफी, २५.६ जीबी इन्टरनल स्टोरेज र र्याम टर्बो टेक्नोलोजीले सहज मल्टिटास्किङ, र टुभी रिहींनल्याण्ड लो ब्लू लाइट सर्टिफिकेसनसहित ६.७७ इन्चको इमर्सिभ डिस्प्ले प्रदान गर्दछ।



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved