मारुति सुजुकीको ‘स्विफ्ट’ हाइब्रिड संस्करण सार्वजनिक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 22, 2017 | 08:53:03 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुति सुजुकीले ‘स्विफ्ट’ को हाइब्रिड संस्करण बजारमा ल्याएको छ। कम्पनीले उक्त कार जापानमा सार्वजनिक गरेको हो। 

यस कारको बिशेषता भनेको यसमा भएको मोड परिवर्तनको सुविधा हो। कार यदि जाममा परेको वा ढिलो गरी चलिरहेको छ भने यसको हाइब्रिड प्रणालीले कम्बसन इन्जिन स्वतः बन्द गराएर विद्युतीय मोड संचालन गराउँछ।

यस कारमा १.२ लिटरको पेट्रोल इन्जिन छ जसले ९१ हर्सपावर शक्ति उत्सर्जन गर्छ। ५ स्पीड म्यानुअल गियरबक्स भएको यो कार पूर्णतया हाइब्रिड हो जसलाई विद्युतीय मोडमा लैजान सकिन्छ।

कम्पनीले नयाँ हाइब्रिड ‘स्विफ्ट’ एक लिटर इन्धनमा ३२ किलोमिटर चल्ने दाबी गरेको छ। कम्पनीले भारतीय बजारमा भने हाइब्रिड ‘स्विफ्ट’ कहिले ल्याउँछ भन्नेबारे कुनै जानकारी दिएको छैन।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved