बोटलर्स नेपाल लिमिटेडलाई आईक्यानको अवार्ड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 23, 2017 | 07:40:35 AM मा प्रकाशित

laxmi  sunrise bank

बोटलर्स नेपाल इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टस् अफ नेपाल (आइक्यान) बाट सम्मानित भएको छ। आइक्यानले बोटलर्स नेपाललाई 'वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१६' को लागि रनरअप अवार्डद्धारा साधारण क्षेत्र तर्फ उत्कृष्ट वार्षिक प्रतिवेदन २०१६ प्रस्तुत गरेकामा सम्मान गरेको हो। 

एक कार्यक्रमबीच अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बोटलर्स नेपाललाई सो अवार्ड प्रदान गरेका हुन। गत वर्ष बोटलर्स नेपालले दोस्रो रनर अप अवार्ड प्राप्त गरेको थियो ।       ‘हाम्रो कार्यलाई उच्च सम्मान गर्दै दिईएको अवार्ड हाम्रो लागि ठूलो सम्मान हो । बहुराष्ट्रिय कम्पनीको रुपमा हामी हाम्रा सम्पूर्ण सेवा र उत्पादनमा उच्च गुणस्तर कायम गर्नका लागि प्रतिबद्ध छौं, साथै पारदर्शिता र जिम्मेबारीताको लागि उत्कृष्ट अन्तराष्ट्रिय अभ्यास सुनिश्चित गर्दै हामी निरन्तर हाम्रा प्रणालीहरुलाई अनुगमन गरिरहेका हुन्छौं । हाम्रा सरोकारवालाहरुका लागि उच्च स्तरको परिणाम प्रदान गर्नका लागि उच्चतहको संस्थागत सुशासन अभ्यासहरु तथा स्तरहरु निरन्तर संचालन गरिरहेका छौं' बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक, पुनित भार्सनेले भने। 

तीन महादेशका विभिन्न देशहरुमा बृहत रुपमा संचालन भईरहेको, विभिन्न आर्थिक तथा नियमन वातावरणहरुमा, कोकाकोला कम्पनीले आफ्नो रणनीतिक लक्ष्यहरु प्राप्त गर्नका लागि लामो अवधिदेखि नै ससक्त सुशासन तथा प्रभावशाली नेतृत्वदायी भूमिका समूहिक रुपमा देखाउँदै आएको छ ।

पछिल्ला दिनहरुमा, बोटलर्स नेपाल लिमिटेड, कोकाकोला कम्पनीको आधिकारिक उत्पादक कम्पनीले नेपालमा आफ्ना सरोकारबालाहरुको विश्वास कायम गर्दै आफ्नो उच्च प्रतिबद्धताको लागि विभिन्न सम्मानहरु प्राप्त गरेको छ । कम्पनीले यस अघि पनि उत्पादन क्षेत्रकालागि सबै सार्क मुलुकहरुका पहिलो स्थान सुरक्षित गरेको थियो । सो अवार्ड साफा (साउथ एसियन फेडेरेसन अफ अकाउन्टेन्टस्) ले पारदर्शिता, जिम्मेबारीता र सुशासनमा सुधार गरेकोमा प्रदान गरेको थियो ।

आइक्यान एकाउन्टिङको व्यवसायीक क्षेत्रमा सामाजिक पहिचान अभिवृद्धि गर्न र जनताको विश्वास बृहत रुपमा जित्नको लागि स्थापना गरिएको थियो । यसले एकाउन्टिङ व्यवसायको महत्व बढाउँदै सार्वजनिक जनचेतना अभिवृद्धि गर्नुका साथसाथै एकाउन्टेन्टहरुको आर्थिक तथा सामाजिक जिम्मेबारीता पनि बढाउँछ, र देशको आर्थिक विकासका लागि सक्रिय योगदान गर्दछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved