लेनोभोको योगा स्लिम ७ आई औरा एडिसन ल्यापटप सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2024 | 10:54:07 AM मा प्रकाशित

laxmi sunrise bank

लेनोभोले नेपालमा नयाँ योगा स्लिम ७ आई औरा एडिसन ल्यापटप सार्वजनिक गरेको छ। यसलाई नागमणी इन्टरनेशनलसँगको सहकार्यमा सार्वजनिक गरिएको हो। यो प्रिमियम ल्यापटप अत्याधुनिक प्रविधि र नवप्रवर्तनका साथ प्रयोगकर्ता अनुभवलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेर डिजाइन गरिएको छ।

इन्टेलसँग मिलेर सह–निर्मित यो ल्यापटपले आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन र स्मार्ट फिचरहरूको समायोजन गर्दै व्यवसायिक, सिर्जनात्मक, कोडिङ गर्ने र दैनिक प्रयोगकर्ताहरूको आवश्यकतालाई पूरा गर्न सक्षम रहेको छ।

यो ल्यापटपमा एआई–समर्थित प्रविधि छ, जसले कम्प्युटिङ अनुभवलाई नयाँ उचाइमा पुर्याउँछ। इन्टेल कोर अल्ट्रा प्रोसेसर (सिरीज २) सँग सुसज्जित यसले १८ घण्टाभन्दा बढी ब्याट्री जीवन दिन्छ। ८–कोर हाइब्रिड आर्किटेक्चर र शक्तिशाली जीपीयु सँगै स्मार्ट एनपीयू (४०ं टप्स) को सहयोगले मल्टिटास्किङ र जटिल कार्यहरू सजिलै पूरा गर्न सक्षम बनाउँछ। यसमा ३२ जीबी सम्म ८५३३ मेगाहर्जको र्याम र १ टिबी एसएसडी स्टोरेजको विकल्प पनि उपलब्ध छ, जसले ठूला फाइल र जटिल एप्लिकेसनहरू सजिलै सञ्चालन गर्न मद्दत गर्दछ।

माइक्रोसफ्टका नवीनतम सुधारहरू र कोपाइलटं को सहयोगमा, प्रयोगकर्ताहरू अफलाइन अवस्थामा पनि ठूला भाषा मोडेल प्रयोग गरेर आफ्ना सिर्जनशील र उत्पादक कार्यहरूलाई तीव्र बनाउन सक्नेछन्।

साथै, बजेटमा उपयुक्त गेमिङ ल्यापटप खोज्ने ग्राहकहरूको लागि लेनोभोले LOQ Essential ल्यापटप पनि सार्वजनिक गरेको छ। यो ल्यापटप १२ औं जेनेरेशन इंटेल कोर प्रोसेसर र ३० तथा ४० सिरीजका एनभीडिया जीफोर्स RTX ग्राफिक्सका साथ अध्ययन र खेल दुवैको लागि शक्तिशाली प्रदर्शन दिन्छ।LOQ Essential ल्यापटपले विद्यार्थी गेमर र पहिलो पटक गेम खेल्नेहरूको लागि उपयुक्त बजेटमा उच्च प्रदर्शन प्रदान गर्दै, उनीहरूको आवश्यकताहरू पूरा गर्दछ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved