गपोखरीमा डोङफेङ नामीको अत्याधुनिक शोरूम उद्घाटन, मेगा टेस्ट ड्राइभको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2025 | 09:43:47 PM मा प्रकाशित

laxmi sunrise bank

एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिद्वारा आयातित डोङफेङ नामीले नक्सालको नागपोखरीमा आफ्नो अत्याधुनिक शोरूमको भव्य उद्घाटन गरेको छ। यो शोरूमले उत्कृष्ट सेवा र ग्राहक अनुभवको प्रतिबद्धतालाई बलियो बनाउँदै नामी ब्रान्डलाई नेपाली बजारमा थप स्थापित गर्ने उद्देश्य राखेको जनाएको छ।

उद्घाटन समारोहमा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एमडी विवेक सिकरिया, र बिजनेस हेड प्रशन्न पन्त लगायत प्रमुख व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा नामीका ग्राहकहरू र मिडियाका प्रतिनिधिहरूले समेत उत्साहजनक सहभागिता जनाएका थिए।

डोङफेङ नामीले अगस्ट २०२४ मा सफल सुरुवात गर्दै छोटो समयमा नेपाली बजारमा ४०० भन्दा बढी ग्राहकहरू हासिल गरिसकेको छ। नयाँ शोरूमको उद्घाटनले आफ्नो सवारी साधन बुक गरिसकेका ग्राहकहरूसँग उत्सव मनाउने अवसर पनि प्रदान गरेको छ। सोही अवसरमा नामीको सिल्भर कलर भेरियन्टको विशेष लन्च र रमाइलो केक काट्ने कार्यक्रम समेत आयोजना गरेको छ।

शोरूमले बहुआयामिक ग्राहक अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ। ग्राहकहरूले यहाँ आधुनिक र सहज वातावरणमा विशेषज्ञ परामर्श लिने र आफ्टर सेल्स सर्भिसको सुविधा पाउनेछन्।

शोरूम उद्घाटनसँगै, जनवरी ११ देखि १६ सम्म मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा गरेको छ। सम्भावित ग्राहकहरूले नामीका सवारी साधनहरूको प्रत्यक्ष अनुभव लिँदै ७ किलोवाटको वाल चार्जर, नगद छुट, गिफ्ट ह्याम्पर, र बुकिङ गर्दा नगरकोटको होटल कन्ट्री भिल्लामा निःशुल्क बसाइ जस्ता आकर्षक अफरहरू पाउनेछन्।

ग्राहकहरूलाई पुराना गाडी साट्न र राम्रो एक्सचेन्ज मूल्यमा नयाँ गाडी किन्न पनि सुविधा उपलब्ध गराइएको छ। एमएडब्ल्यू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले शोरूमले ग्राहक सेवामा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरे।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved