नौलो कोशेलीको दोस्रो आउटलेट झम्सिखेलमा सञ्चालन, जनवरी महिनाभर ५ प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2025 | 01:19:17 PM मा प्रकाशित

laxmi sunrise bank

अनलाइन गिफ्टिङ प्लेटफर्म नौलो कोशेली ले आफ्नो दोस्रो आउटलेट ललितपुरको पुलचोकस्थित झम्सिखेलमा सञ्चालनमा ल्याएको छ। माघ ४ गतेदेखि झम्सिखेल आउटलेट सञ्चालनमा आएको हो।

यो आउटलेटमा ग्राहकहरूले बेकरी आइटम, फोटो फ्रेम, क्यानभास, फ्लावर, ह्याण्डिक्राफ्ट, बुटिक, कस्टुमाइज वालेट, वुडन क्राफ्ट लगायतका विभिन्न पर्सनलाइज्ड गिफ्टहरू खरिद गर्न सक्छन्। आउटलेट उद्घाटनको अवसरमा, जनवरी महिनाभर प्रत्येक खरिदमा ५ प्रतिशत छुट को घोषणा गरिएको छ।

यसअघि नौलो कोशेलीले युएन पार्कमा आफ्नो पहिलो आउटलेट सञ्चालन गरेको थियो। नेपालमा गिफ्टिङ संस्कृतिको बढ्दो प्रचलनसँगै नौलो कोशेली धेरैको रोजाइमा पर्न सफल भएको छ।

नौलो कोशेलीले अनलाइन अर्डर सेवा पनि उपलब्ध गराएको छ। ग्राहकहरूले फेसबुक, इन्स्टाग्राम, र नौलो कोशेलीको वेबसाइट (https://naulokoseli.com/) मार्फत मनपर्ने गिफ्ट अर्डर गर्न सक्छन्। कम्पनीले नेपालभर डेलिभरी सेवा प्रदान गर्नुका साथै विदेशमा बस्ने नेपालीहरूलाई पनि आफ्ना प्रियजनलाई गिफ्ट पठाउन सजिलो बनाएको छ।

नौलो कोशेलीको यो पहलले पर्सनलाइज्ड गिफ्टिङको क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।








Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved