
सीजी मोटर्सले बिर्तामोडस्थित आधिकारिक बिक्रेता पीटूआर अटो जोनमा हिरो एक्स्ट्रिम सिरिज अन्तर्गत एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आर मोटरसाइकलको क्षेत्रीय ग्राण्ड लञ्चिंग सम्पन्न गरेको छ। भव्य कार्यक्रममार्फत सार्वजनिक गरिएको यी मोडेलहरूले नेपालका आधुनिक राइडरहरूको आवश्यकता पूरा गर्ने उद्देश्य लिएका छन्।
कम्पनिकाअनुसार १६३ सीसी ४-भल्भ इन्जिनयुक्त यो मोटरसाइकलले १६.९ पीएस पावर र १४.६ एनएम टर्क उत्पादन गर्न सक्छ। ०–६० कि.मी. प्रतिघण्टा ४.४१ सेकेन्डमा पुग्ने यो मोटरसाइकल तिव्रता र प्रदर्शनको उत्कृष्ट उदाहरण हो। इनभर्टेड फोर्क, एडजस्टेबल सस्पेन्शन, र आकर्षक मस्कुलर डिजाइनले यसलाई आधुनिक र शक्ति सम्पन्न बनाएको छ।
त्यस्तै, १२५ सीसी स्प्रिन्ट इन्जिनयुक्त यो मोटरसाइकलले ११.४ बीएचपी पावर र ५.९ सेकेन्डमा ०–६० कि.मी. प्रतिघण्टा पुग्ने क्षमता राख्छ। यसमा प्रोजेक्टर एलईडी हेडल्याम्प, आईथ्रीएस प्रणाली, र नेगेटिभ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टरजस्ता अत्याधुनिक प्रविधि उपलब्ध छन्।
कार्यक्रममा गायक निशान भट्टराईको प्रस्तुति पनि रहेको थियो। एक्स्ट्रिम १६० फोरभी आरको मूल्य रु. ३,८४,९०० र एक्स्ट्रिम १२५ आरको मूल्य रु. २,८९,९०० (सीबीएस) र रु. ३,११,९०० (एबीएस) तोकिएको छ। यी मोटरसाइकलहरू नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा असेंबल गरिएको हो।
चौधरी ग्रुपद्वारा वितरित हिरो मोटरसाइकलले आधुनिक राइडरहरूको ध्यानाकर्षण गर्दै नेपाली बजारमा आफ्नो पकड अझ बलियो बनाउने लक्ष्य लिएको छ।