“अवसर पायो भने नेपाली ब्राण्डले अन्तर्राष्ट्रिय बजार पाउछ”

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2025 | 04:53:23 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाली फूड ब्रान्ड “पहाडी फुड्स” एसियाली सबैभन्दा ठूलो फुड फेस्टिभल “इन्डस फूड २०२५” भारतमा सहभागी भएको थियो । त्यहाँ यस ब्राण्डले दाल, नेपाली अचार, लप्सी, लप्सीको चकलेट, कोदो र फापरको कुकीज जस्ता नेपाली उत्पादनहरु प्रदर्शनको लागि लिएर गएको संस्थापक प्रसान्त घिमिरेले जानकारी दिए ।

उनका अनुसार एक्स्पोमा विभिन्न देशबाट फूड्सका ब्राण्डहरु प्रदर्शनका लागि लिएर आएका थिए । पहाडीले नमुनाको लागि लगेको सामानहरु सुरु भएको २ घण्टामै सकिएको थियो । “पहिलो स्टलनै हाम्रो भएर होला खुल्ने वित्तिकै सुरुमै सबै मानिस हाम्रोमा आएका थिए । हामीलाई एकछिन त सम्हाल्नै गाह्रो भएको थियो” उनले भने । 

अवलोकन कर्ताले नेपाली फुड्सलाई धेरै मन पराएका उनी बताउछन् । “नेपाली ब्राण्डले अवसर मात्र पाउने हो भने अन्तरराष्ट्रिय बजारमा आफ्ना उत्पादन बेच्न कुनै समस्या छैन । अहिले धेरै नेपाली ब्राण्डहरु छन् जसले अवसर पाएका छैनन् । यो एक्स्पोमा पनि नेपाली ब्राण्ड धेरै थिएनन्,” उनले भने, “म यो एक्स्पोमा गएको थाहा पाएपछि धेरै नेपाली ब्राण्ड उत्पादन गर्ने मानिसहरुले हामीले पनि थाहा पाएको भए जाने थियौ भनेका थिए । एक्स्पो भएको जुनै पनि ठाउँमा नेपाली कम्पनीहरुलाई छुटाउनु हुँदैन । किनकी अरुदेशमा नभएको धेरै कुरा हामी सँग छ, त्यो कुरालाई कसैलाई पनि नदेखाउने हो भने कसरी थाहा हुन्छ र त्यसैले अब यस्ता खालका एक्स्पोहरु धेरै गर्नुपर्छ र नेपाली ब्राण्डहरुलाई पनि सहभागि गर्नुपर्छ । यो कुरामा सरकारले विशेष ध्यान दिन जरुरी छ ।” 

त्यस्तै, एक्स्पोबाट फर्किएपछि धेरै देशबाट माग आउन थालेको पनि उनी बताउँछन् र आगामी दिनमा अहिले भइरहेको व्यापार भन्दा ५ गुणाले बढ्न सक्ने घिमिरेले जानकारी दिए । हाल पहाडी फूड्सका उत्पादनहरू भाटभटनी, सेल्सबेरी र नेपालका विभिन्न पसलहरूमा पनि उपलब्ध छन्। साथै, पहाडी फुड्सले मह, चामल, दाल र चियापत्ती गरी जम्मा चारवटा उत्पादनबाट व्यापार थालेको थियो। अहिले ७० भन्दा बढी उत्पादन यहाँ पाइन्छ। पर्वत र बागलुङको जेठो बुढो चामल र सिमी, जुम्लाको फापरको पिठो र मकैको च्याख्ला, पाल्पा, गुल्मी र अर्घाखाँचीको गेडागुडी, मकवानपुरको ताइचिन चिउरा, रसुवा, सिन्धुपाल्चोक र काभ्रेको राज्मा लगायत थुप्रै जिल्लाका विशेष उत्पादन बिक्रि गर्दै आएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved