
नेपाल चेम्बर अफ कमर्स (एनसीसीआई)ले माघ ३० देखि फागुन २ गतेसम्म भृकुटीमण्डपमा आयोजना गरेको चारदिने एक्सपो सफलतापूर्वक सम्पन्न भएको छ। उद्योग, व्यवसायी तथा उपभोक्ताहरूबीच अन्तर्क्रिया गराउने उद्देश्यले आयोजित यस कार्यक्रममा विभिन्न कम्पनीहरूले आफ्ना उत्पादनहरू र प्रविधिहरू प्रदर्शनीमा राखेका थिए।
नेपालको अग्रणी टाइल ब्रान्ड कजारिया रमेश टाइल्स लिमिटेडले एक्सपोमा विशेष आकर्षक स्टल राखी उच्च गुणस्तरीय तथा सौन्दर्यपूर्ण टाइल्स प्रदर्शन गर्यो। मजबूती, नवीन डिजाइन र उत्कृष्ट गुणस्तरका कारण कजारिया रमेश टाइल्सले आगन्तुकहरूको विशेष ध्यान तान्यो।
कार्यक्रमका महत्वपूर्ण क्षणमध्ये एकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कजारिया रमेश टाइल्स लिमिटेडको स्टलसहित विभिन्न स्टलहरू अवलोकन गरे। प्रधानमन्त्रीलाई आफ्ना उत्पादनहरू प्रस्तुत गर्न पाएकोमा गौरव महसुस गरेको बताए।
कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक संजय अग्रवालले भने, “हामी नेपाल चेम्बर अफ कमर्स एक्सपो २०२५ को हिस्सा हुन पाउँदा गर्व गर्छौं। नेपालमा विश्वस्तरीय टाइल्स आपूर्ति गर्ने हाम्रो लक्ष्यलाई यस कार्यक्रममा सहभागिताले अझ सशक्त बनाएको छ।”
भारतको कजारिया सेरामिक्स लिमिटेड र रमेश कर्पको संयुक्त लगानीमा सञ्चालित कजारिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरिसकेको छ। स्थानीय कच्चा पदार्थ प्रयोग गर्दै वार्षिक ५.२ लाख वर्गमिटर टाइल उत्पादन गर्ने लक्ष्यसहित ४०० करोड रुपैयाँको लगानीमा निर्माण भएको यो प्लान्टले नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने महत्त्वपूर्ण योगदान गर्नेछ। साथै, यसले हजारौं रोजगारीका अवसरहरू सिर्जना गर्दै स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।
फागुन २ सम्म चलेको यो एक्सपोले आगन्तुकहरूलाई कजारियाका नवीनतम टाइल्स डिजाइनहरू अवलोकन गर्ने उत्कृष्ट अवसर प्रदान गर्यो।