
नेपालको प्रतिष्ठित औद्योगिक समूह पञ्चकन्या ग्रुपले गुणस्तरीय र किफायती बाथवेयर उत्पादनहरू नेपाली बजारमा ल्याएको छ। बजारको आवश्यकतालाई मध्यनजर गरेर लामो अनुसन्धानपछि टिकाउ, आकर्षक र किफायती बाथवेयर उत्पादनहरू सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
कम्पनीकाअनुसार नेपाली बाथवेयर बजार लामो समयदेखि महँगो उत्पादन र कम गुणस्तरका सस्ता विकल्पबीच सीमित थियो, जसले उपभोक्ताहरूलाई सीमित रोजाइ मात्र दिएको थियो। यही समस्या समाधान गर्दै पञ्चकन्या ग्रुपले विस्तृत अनुसन्धानपछि टिकाउ, आकर्षक र किफायती बाथवेयर उत्पादनहरू सार्वजनिक गरेको छ।
पञ्चकन्या बाथवेयरका उत्पादनहरूमा, ब्रासबाट निर्मित क्रोम फिनिश धारा, सावर र अन्य सामग्रीहरू समावेश छन्। त्यस्तै, यसमा १० वर्षको वारेन्टी सहित उच्च गुणस्तरीय बाथवेयर सामग्री रहेका छन्। कम्पनीकाअनुसार स्टाइलिस, टिकाउ र किफायती डिजाइनले बाथरुमलाई आधुनिक र आकर्षक बनाउनेछ।
हाल १० भन्दा बढी वितरकहरू मार्फत उपलब्ध यी उत्पादनहरू निकट भविष्यमा १०० स्थानसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ कम्पनीले जनाएको छ।
गुणस्तरीय, नवीन र किफायती उत्पादन उपलब्ध गराउने, नेपालको बाथवेयर उद्योगमा नयाँ प्रवृत्ति ल्याउने तथा स्थानीय उपभोक्ताहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्ने पञ्चकन्या ग्रुपको प्रतिबद्धता रहेको छ।
पञ्चकन्या ग्रुप विकास निर्माण क्षेत्रको अगुवा ब्रान्ड हो। बाथवेयर बजारमा प्रवेश गर्दै, यसले नेपाली उपभोक्ताको जीवनस्तर सुधार्न उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउने लक्ष्य लिएको छ।
पञ्चकन्या बाथवेयरले गुणस्तर, किफायती मूल्य र नवीन डिजाइन को संयोजन गर्दै नेपाली बजारमा नयाँ मानक स्थापित गर्ने लक्ष्य राखेको छ। घरघरमा लक्जरी, टिकाउपन र किफायती बाथवेयर सामग्री पुर्याउनु कम्पनीको प्रमुख उद्देश्य रहेको छ।