बिराटनगरमा नयाँ भेस्पा एप्रिलिया सोरुम उद्घाटन, फागुन महिनाभर विशेष अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2025 | 11:18:50 AM मा प्रकाशित

laxmi sunrise bank

नेपालमा भेस्पा र एप्रिलिया स्कूटरका आधिकारिक वितरक डेल्टा अटोकोर्प प्रा. लि. ले बिराटनगर महानगरपालिका–३, बरगाछी मा नयाँ भेस्पा/एप्रिलिया सोरुम सञ्चालनमा ल्याएको छ। गौरव अटो सेन्टर मार्फत फागुन २ गतेदेखि सुरु भएको यस नयाँ डिलरशिपले बिराटनगर क्षेत्रमा भेस्पा र एप्रिलिया स्कूटरहरूको बढ्दो माग लाई ध्यानमा राख्दै सेवा प्रदान गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

सोरुमको उद्घाटन गौरव अटो सेन्टरका सञ्चालक गौरव सिंह, रुपेश कोइराला, र विनय राठी द्वारा संयुक्त रूपमा गरिएको थियो। बरगाछी, बिराटनगरमा सञ्चालनमा आएको यो भेस्पा/एप्रिलिया डिलरशिप बाट ग्राहकहरूले विश्वस्तरीय स्कूटरहरूका साथै बिक्री, सेवा, स्पेयर पार्ट्स, साटफेर सुविधा, र अन-स्पट फाइनान्सिङ सेवा पाउनेछन्।

सोरुम उद्घाटन समारोहमा, गौरव सिंह ले बिराटनगरमा नयाँ सोरुम सञ्चालन गर्न पाउँदा खुशी व्यक्त गरे। उनले भेस्पा र एप्रिलियाको बढ्दो लोकप्रियता लाई ध्यानमा राख्दै ग्राहकहरूलाई उच्च-गुणस्तरको सेवा र सुविधाहरू उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

नयाँ सोरुम उद्घाटनको अवसरमा, फागुन महिनाभर विशेष अफर सञ्चालन गरिने भएको छ। यस अफरअन्तर्गत, भेस्पा वा एप्रिलिया स्कूटर बुकिङ वा खरिद गर्ने ग्राहकहरूले रु. १०,००० नगद छुट प्राप्त गर्नेछन्। साथै, पुरानो दुईपांग्रे साटफेर गर्ने ग्राहकहरूले सर्वश्रेष्ठ एक्सचेन्ज भ्यालुका साथै थप रु. १०,००० को मूल्याङ्कन पाउनेछन्। साथै, प्रत्येक भेस्पा/एप्रिलिया स्कूटर खरिदमा ब्रान्डेड हेल्मेट र की-रिङ निःशुल्क प्रदान गरिनेछ।

फागुन महिनाभर टेस्ट ड्राइभ गर्ने ग्राहकहरूका लागि विशेष गिफ्ट ह्याम्पर समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved