
'अनर एक्सनाइनबि फाइभजी' को शानदार सफलतापछि, सेलट्रोंन नेपाली प्राइभेट लिमिटेडले नेपालको सबैभन्दा मजबुत स्मार्टफोन को रूपमा 'अनर एक्सनाइनसी फाइभजी' सार्वजनिक गर्ने तयारी गरेको छ।
'अनर एक्सनाइनबि फाइभजी' ले आफ्नो ५८०० एमएएच लामो समयसम्म टिक्ने ब्याट्री, ३६०-डिग्री एन्टि-ड्रप प्रोटेक्शन, र १०८एमपी लोसलस क्यामेरा सहित आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शनका कारण बजारमा अलग पहिचान बनाएको थियो। ६.७८ इन्चको कर्भ्ड 'एमोलेड' डिस्प्ले, १२०Hz रिफ्रेस रेट, र १२००-निट ब्राइटनेस का साथ, यसले उच्चस्तरीय प्रयोगकर्ता अनुभव प्रदान गरेको छ।
कम्पनीकाअनुसार अब, अनर एक्सनाइनसी फाइभजी' थप उन्नत सुविधाहरूका साथ सार्वजनिक हुँदैछ। यसमा झन् मजबुत निर्माण, शक्तिशाली ब्याट्री, उत्कृष्ट क्यामेरा प्रविधि, र उच्चस्तरीय प्रयोगकर्ता अनुभव जस्ता महत्वपूर्ण सुधार गरिएका छन्। कम्पनीका अनुसार, अनर एक्सनाइनसी फाइभजी' अझ मजबुत तथा प्रिमियम विशेषताहरू सहित आउनेछ, जसले नेपाली स्मार्टफोन बजारमा नयाँ स्तर कायम गर्नेछ।
नेपालको सबैभन्दा मजबुत स्मार्टफोन को रूपमा अनर एक्सनाइनसी फाइभजी' को आधिकारिक अनावरण नजिकिँदै गर्दा, उपभोक्ताहरूले शक्तिशाली प्रविधि र उच्च टिकाउपन को संयोजन अनुभव गर्ने अवसर पाउनेछन्।