नेपालमा सामसङ ग्यालेक्सी एस२५ सिरिजको शानदार सुरुवात, फोन किन्न किस्ताको सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2025 | 12:04:42 PM मा प्रकाशित

laxmi sunrise bank

सामसङ नेपाल ले आफ्नो ग्यालेक्सी एस२५ सिरिज को प्रि-अर्डरमा नयाँ रेकर्ड कायम गरेको घोषणा गरेको छ। गत वर्षको ग्यालेक्सी एस२४ सिरिजको तुलनामा यस पटकको प्रि-अर्डर ६० प्रतिशत बढी भएको कम्पनीले जनाएको छ। 

कम्पनीकाअनुसार, अब यी स्मार्टफोनहरू नेपालभरका सामसङ अधिकृत स्टोरहरूमा खरिदका लागि उपलब्ध छन्। ग्यालेक्सी एस२५ सिरिजले एआई प्रविधिको नयाँ युग ल्याएको छ। वन युआई ७ को साथमा जेमिनी एआई अब ४६ भाषामा उपलब्ध छ, जसले सामसङ र गुगल एप्सबीच सहज अन्तरक्रिया गर्न झन् सरल बनाएको छ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित ले यस सिरिजको सफलता प्रति खुसी व्यक्त गर्दै भने, "हाम्रो नयाँ एस सिरिज - ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ को अपार लोकप्रियताका लागि हामी हृदयदेखि नै आभारी छौँ। यी स्मार्टफोनहरूले प्रयोगकर्ताहरूलाई सहज र सन्दर्भअनुकूल एआई अनुभव दिनेछन्।"

ग्यालेक्सी एस२५ सिरिजमा एआई एजेन्टहरू वन युआई ७ प्लेटफर्मसँग मिलेर काम गर्छन्, जसले एपहरूबीच सहज रूपमा जटिल कार्यहरू गर्न सक्षम बनाउँछ। Now Brief ले दिनभरका आवश्यक सुझावहरू प्रदान गर्छ भने Now Bar ले सबै चलिरहेका गतिविधिहरूलाई एउटै स्थानमा व्यवस्थित गर्छ।

कम्पनीकाअनुसार, ग्यालेक्सी एस२५ सिरिजका अन्तरक्रियाहरू अझ सहज र स्मार्ट बनाइएको छ।  एक आदेश मात्र दिएर जेमिनी एआईले मन पर्ने स्पोर्टस् टिमको तालिका खोजी गरेर सामसङ क्यालेन्डरमा थप्न सक्छ। गुगलको इनहान्स गरिएको सर्कल टु सर्च ले AI Overview र One-Tap एक्सनहरू मार्फत झन् उपयोगी जानकारी प्रदान गर्दछ। 

यस सिरिजमा Snapdragon 8 Elite चिपसेट प्रयोग गरिएको छ, जसले अन-डिभाइस प्रोसेसिङ लाई उच्च बनाउँदै एआई अनुभवलाई थप प्रतिक्रियाशील बनाउँछ। साथै, प्रोस्केलर प्रविधि र सामसङ डिजिटल न्याचुरल इमेज इन्जिन (mDNIe) ले एआई आधारित इमेज प्रोसेसिङ मा सुधार गर्दै ब्याट्रीको खपतलाई प्रभावकारी बनाउँछ।

ग्यालेक्सी एस२५ अल्ट्रामा नयाँ ५०MP अल्ट्रावाइड क्यामेरा सेन्सर दिइएको छ, जसले हरेक कोणबाट स्पष्ट फोटोहरू खिच्न मद्दत गर्छ। साथै, Virtual Aperture र Samsung Log जस्ता प्रो-ग्रेड फिचरहरूले फोटो तथा भिडियोहरूलाई सिनेमेटिक टच दिन्छ।

ग्यालेक्सी एस२५ सिरिज कन्टेन्ट क्रेडेन्सियल्स समर्थन गर्ने पहिलो स्मार्टफोन सिरिज हो, जुन 'Coalition for Content Provenance and Authenticity' (C2PA) को प्रविधिमा आधारित छ। यसका माध्यमबाट एआई-आधारित डिजिटल सामग्रीको पारदर्शिता र विश्वसनीयता सुनिश्चित हुनेछ।

सामसङले ६ महिनासम्म जेमिनी एडभान्स्ड सेवा र २TB क्लाउड स्टोरेज निःशुल्क प्रदान गर्नेछ। जेमिनी एडभान्स्डमा Samsung Gems (Custom AI Experts) र Deep Research (AI Research Assistant) जस्ता नयाँ सुविधाहरू समावेश छन्।

खरिद विकल्पहरू र विशेष अफरहरू

l8efO;

of{d÷:6f]/]h

d"No

Uofn]S;L P;@% cN6«f

!@ hLaL ÷ %!@ hLaL

6fO6]lgod l;Ne/An', 6fO6]lgod XjfO6l;Ne/, 6fO6]lgod ANofs

? !((,(((

!@ hLaL ÷ @%^ hLaL

?  !*$,(((

Uofn]S;L P;@% Kn;

!@ hLaL ÷ %!@ hLaL

g]eL, l;Ne/ Zof8f]

?  !$!,(((

Uofn]S;L P;@%

!@ hLaL ÷ %!@ hLaL

cfOl; An', l;Ne/ Zof8f]

?  !!$,(((

!@ hLaL ÷ !@* hLaL

?  !)$,(((

फागुन २, २०८१ (फेब्रुअरी १४, २०२५) देखि ग्यालेक्सी एस२५ सिरिज नेपालभरका सबै सामसङ आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछ। ग्राहकहरूले Samsung InstaFinance सेवा अन्तर्गत NPR ५२५०/महिना बाट शुन्य प्रतिशत ब्याजदर मा ईएमआई सुविधाको फाइदा लिन सक्नेछन्, जसका लागि केवल नागरिकताको प्रतिलिपि आवश्यक हुनेछ।

साथै, NLG Insurance Company Limited मार्फत १ वर्षको लागि १-टाइम ब्रेकज इन्स्योरेन्स प्रदान गरिनेछ। ग्राहकहरूले SabkoPhone र ArkoStore मार्फत आफ्नो पुरानो स्मार्टफोन साटेर नयाँ ग्यालेक्सी एस२५ सिरिज मा अपग्रेड गर्न सक्नेछन्।

सामसङ ग्यालेक्सी एस२५ सिरिजका स्मार्टफोनहरू अत्याधुनिक एआई प्रविधि, शक्तिशाली क्यामेरा सिस्टम, र उच्च कार्यक्षमता सहित नेपाली स्मार्टफोन बजारमा नयाँ क्रान्ति ल्याउने अपेक्षा गरिएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved