रियलमी नोटका नयाँ फोन नेपालमा सार्वजनिक, टिकाउपन र उत्कृष्ट प्रदर्शनको प्रतिबद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2025 | 07:15:14 AM मा प्रकाशित

नेपालमा रियलमी नोट ६० र रियलमी नोट ६० एक्स सार्वजनिक भएको छ। यी स्मार्टफोनहरू लामो समय टिक्ने ब्याट्री, मजबुत डिजाइन, सहज प्रदर्शन, र अत्याधुनिक प्रविधि सहित नेपाली उपभोक्ताहरूका लागि उपलब्ध गराइएको छ।

रियलमी नेपालका ब्रान्ड म्यानेजर काजोल झाले नयाँ स्मार्टफोन सार्वजनिक गर्दै “च्याम्पियन स्तरको गुणस्तर नेपाली ग्राहकलाई किफायती मूल्यमा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता पुनः उजागर गरेका छौँ” भनेका छन्।

कम्पनीकाअनुसार, रियलमी नोट ६० युनिसोक टी ६१२ प्रोसेसरबाट सञ्चालित छ, जसले २५२,५९७ एन्टुटु बेन्चमार्क स्कोर प्राप्त गरेको छ। ५००० एमएएच ब्याट्री सहित १००० चार्ज साइकलपछि पनि ८०% ब्याट्री हेल्थ कायम रहने भएकाले फोनलाई टिकाउ बनाएको छ। ४८ महिनासम्मको स्मूथ परफर्मेन्स ग्यारेन्टी रहेको नोट ६० मा ३२ मेगापिक्सेलको सुपर क्लियर क्यामेरा र ६.७४ इन्चको ९० हर्ज आई कम्फर्ट डिस्प्ले जस्ता विशेषताहरू समावेश छन्।

रियलमी नोट ६० एक्स मा पनि ५००० एमएएचको विशाल ब्याट्री रहेको छ, जसले ४८ दिनसम्मको स्ट्यान्डबाइ टाइम प्रदान गर्छ। डायनामिक ¥याम प्रविधि मार्फत १२ जीबीसम्म विस्तार गर्न मिल्ने यो फोनले उच्च गतिको मल्टिटास्किङ अनुभव दिन्छ। ६.७ इन्चको ९० हर्ज आई कम्फर्ट डिस्प्ले, १८० हर्ज टच स्याम्प्लिङ रेट, र ५६० निट्स पीक ब्राइटनेस यसका मुख्य विशेषताहरू हुन्।

नोट ६० को ६+१२८ जीबी भेरियन्ट रु.१६,४९९ मा उपलब्ध छ भने नोट ६० एक्सको ४+६४ जीबी भेरियन्ट रु.१३,४९९ मा उपलब्ध छ। यी स्मार्टफोनहरू नेपालभरका सबै आधिकारिक रियलमी रिटेल बिक्रेताहरू मार्फत आजैदेखि खरिद गर्न सकिनेछ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved