नेपालमा फैलिदै भारतको टाइल निर्माता कजारिया, काठमाण्डौको सतुङ्गलमा खुल्यो नयाँ शोरुम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2025 | 06:36:06 AM मा प्रकाशित

भारतको अग्रणी टाइल निर्माता कजारिया ले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै सतुंगल, काठमाडौंमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ। श्री साई इन्टरप्राइजेज द्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो माग पूरा गर्ने लक्ष्य राखेको छ।

उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र वार्ड नं. ११ का अध्यक्ष नरेन्द्र राज श्रेष्ठ उपस्थित रहे। दुबै अतिथिहरूले रिबन काटेर सोरुमको औपचारिक उद्घाटन गरे।

कजारियाका राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंह ले नयाँ सोरुम सञ्चालनमा आउनु कम्पनीको नेपालमा दीर्घकालीन प्रतिबद्धताको प्रमाण भएको बताए। उनले भने, "काठमाडौं हाम्रो लागि प्रमुख बजार हो। यस सोरुमले घरधनीहरू, आर्किटेक्ट, र निर्माणकर्ताहरूलाई विश्वस्तरीय टायलहरू सहजै उपलब्ध गराउनेछ।"

काठमाडौंको महत्वपूर्ण स्थानमा स्थापना गरिएको यो सोरुमले कजारियाका प्रिमियम टायलहरूको विस्तृत संग्रह उपलब्ध गराउनेछ, जसले ग्राहकलाई गुणस्तरीय निर्माण सामग्री छान्न सजिलो हुने अपेक्षा गरिएको छ।

कजारियाले नेपालमा स्थानीय उत्पादन प्रवर्द्धन गर्दै आत्मनिर्भरता बढाउने योजनामा अगाडि बढेको छ। यसै क्रममा कजारिया रमेश टाइल्स लिमिटेड ले नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरिसकेको छ।

रमेश कर्प र भारतको कजारिया सेरामिक्स लिमिटेडको संयुक्त लगानी रहेको यस प्लान्टले ५२ लाख वर्गमिटर वार्षिक उत्पादन गर्ने लक्ष्य राखेको छ। कुल ४०० करोड रुपैयाँको लगानी रहेको यस आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गर्ने, हजारौं रोजगारी सिर्जना गर्ने, र नेपालको निर्माण क्षेत्रमा ठूलो योगदान दिने अपेक्षा गरिएको छ।

यस विस्तारसँगै, कजारिया नेपालभर टायल्सलाई सहजै उपलब्ध गराउने, सुलभ मूल्यमा उच्च गुणस्तरका सामग्रीहरू ग्राहकसम्म पुर्‍याउने, र नेपाली निर्माण उद्योगलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यमा अघि बढिरहेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved