विश्वव्यापी प्रविधि ब्रान्ड 'अनर' ले मोबाइल वर्ल्ड कांग्रेस २०२५ (MWC 2025) मा आफ्नो महत्वाकांक्षी रणनीति 'अनर अल्फा योजना' सार्वजनिक गर्दै प्रविधि क्षेत्रमा व्यापक प्रभाव पारेको छ। नयाँ कर्पोरेट रणनीतिले अनर लाई केवल स्मार्टफोन निर्माता मात्र नभई विश्वव्यापी 'एआई' डिभाइस इकोसिस्टम कम्पनी को रूपमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ।
अनर का वरिष्ठ अधिकारी जेम्स लीले उद्योगको भविष्य 'एआई' क्रान्ति मा निर्भर रहेको बताउँदै प्रविधिको अधिकतम उपयोगका लागि खुला र मूल्य-साझेदारी इकोसिस्टम निर्माण को आवश्यकता औंल्याए। यसै क्रममा, कम्पनीले १० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी योजना घोषणा गर्दै सात वर्षसम्म सुरक्षा अपडेटहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यस घोषणाले अन्तर्राष्ट्रिय मिडिया तथा प्रविधि उद्योगका विज्ञहरूबाट व्यापक ध्यान पाएको छ। प्रविधि विशेषज्ञहरूका अनुसार, ज्इल्इच् को ४ अर्ब डलरको एआई लगानी र न्ययनभि सँगको साझेदारीले उच्चस्तरीय बजारमा यसको महत्वाकांक्षा देखाउँछ। कम्पनीले स्मार्टफोन सीमितता पार गर्दै एआई (सक्षम ट्याबलेट, वेयरेबल्स, र अन्य प्रविधि उपकरणहरूमा आफ्नो पहुँच विस्तार गर्ने रणनीति अघि सारेको छ।
स्पेनका राजा फिलिप छैटौंले अनर का प्रविधि नवाचारहरू प्रति विशेष चासो देखाउँदै एआई फिल्टरहरूको प्रयोगबाट पहिचान चोरी तथा अनलाइन ठगी रोक्न सकिने सम्भावना को प्रशंसा गरेका छन्। उनले अनर द्वारा विकास गरिएको एआई मा आधारित व्यक्तिगत मोबाइल एआई एजेन्ट लाई प्रभावशाली प्रविधि भनी चित्रण गरेका छन।
MWC 2025 मा अनर ले मिडिया अवार्ड जित्दै प्रविधि उद्योगमा आफ्नो सशक्त उपस्थिति देखाएको छ। प्रविधि समीक्षकहरूले अनर लाई MWC 2025 को उत्कृष्ट स्मार्टवाच घोषित गर्दै यसको किफायती मूल्य, प्रभावशाली ब्याट्री लाइफ, र उत्कृष्ट प्रणाली अनुकूलता को प्रशंसा गरेका छन्।
साथै, अनरले सार्वजनिक गरेका इयरबड्स, ट्याबलेट, तथा अन्य वेयरेबल्सलाई प्रविधि बजारमा नयाँ प्रतिस्पर्धात्मक खेलाडीका रूपमा हेरिएको छ। यसले एआई आधारित प्रविधिमा गहिरो लगानी गर्दै, गूगल र एप्पल जस्ता प्रविधि दिग्गजहरूसँग प्रतिस्पर्धा गर्न सक्ने संकेत दिएको छ।
अनर ले एआई इकोसिस्टमलाई विश्वभर विस्तार गर्दै प्रविधि उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याउने लक्ष्य राखेको छ। प्रविधि क्षेत्रमा यसको नयाँ रणनीति र नवाचारहरूले आगामी वर्षहरूमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।