एनसेलले ‘दोब्बर सापटी योजना’ ल्याउँदै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 31, 2017 | 09:56:11 AM मा प्रकाशित

laxmi  sunrise bank

एनसेलले दोब्बर सापटी योजना ल्याउने भएको छ। एनसेलले साउन अर्थात आजदेखि दोब्बर सापटी योजना ल्याउन लागेको जनाएको छ। एनसेल सापटी ५ बर्ष पुगेको अवसरमा यो योजना ल्याउन लागिएको बताइएको छ।  

नयाँ योजना अन्तर्गत एनसेलबाट सापटी माग्दा दोब्बर आउने छ। अहिले एनसेलबाट कम्तिमा ५ रुपैयाँदेखि ३० रुपैयाँसम्म सापटी लिन सकिनेछ। योजनाहरुका बारेमा एनसेलले प्रेस विज्ञप्ति निकालेर थप जानकारी दिने तयारी गरीएको बताइएको छ।

सापटी रकम ग्राहकको मुख्य ब्यालेन्समा जोडिने छ । प्राप्त रकमबाट ग्राहकले कुनै पनि नेटर्वकमा कल गर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको अन्य सेवाप्रयोग गर्न सक्ने एनसेलले जनाएको छ ।

एस्ट्रिक्स ९९८८ ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार प्रिपेड ग्राहकले यो सेवा सुचारु गर्न सक्नेछन् । सापटी लिइएको रकम ग्राहकले रिचार्ज गरेपछि मुख्य ब्यालेन्सबाट घटाइनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved