ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शनिबार भक्तपुरको सल्लाघारी ग्राउन्डमा आयोजित ‘शाओमी प्रेजेन्ट सुशान्त केसी लाइभ इन नेपाल’ कन्सर्टमा शाओमी १५ अल्ट्रा नेपालमा भव्य रूपमा सार्वजनिक गरेको छ।
१५,००० भन्दा बढी दर्शकको माझ सार्वजनिक गरिएको शाओमी १५ अल्ट्राको अनावरण याना शर्माले गरेकी थिइन्। चर्चित गायक सुशान्त केसीको प्रत्यक्ष प्रस्तुति रहेको कार्यक्रममा होस्ट सञ्जय गुप्ताले संचालन गरेका थिए। कार्यक्रममा लिइएका मुख्य तस्बिरहरू शाओमी १५ अल्ट्राको लाईका क्यामेराबाट खिचिएको बताइएको छ।
शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीका अनुसार शाओमी १५ अल्ट्राले मोबाइल इमेजिङ र प्रदर्शनको नयाँ मापदण्ड स्थापना गर्नेछ। लाईका अप्टिक्सको साथमा आएको यस स्मार्टफोनमा १ इन्च मुख्य सेन्सर र २०० मेगापिक्सेलको टेलिफोटो लेन्स रहेको छ, जसले उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्छ।
शाओमी १५ अल्ट्रामा स्न्यापड्रागन ८ एलिट मोबाइल प्लेटफर्म, ३ एनएम प्रोसेसर, शाओमी हाइपरओएस, ६.७३–इन्च डब्ल्यूक्यूएचडी+ एमोलेड डिस्प्ले, ३२०० निट्स ब्राइटनेस, र १–१२० हट्र्ज अडाप्टिभ रिफ्रेस रेट छ। सुरक्षा पक्षमा शाओमी शिल्ड ग्लास २.०, ६ एम ४२ एल्युमिनियम फ्रेम, गोरिल्ला ग्लास ७ आई, र टिकाउ ब्याक प्यानल जस्ता विशेषताहरू छन्।
शाओमी हाइपरएआई प्रविधिसहित आएको यस स्मार्टफोनमा एआई राइटिङ, स्पीच रिकग्निसन, इन्टरप्रेटर, एआई फेस अनलक जस्ता विशेषताहरू समावेश छन्। ५४१० एमएएच ब्याट्री, ९० वाट हाइपरचार्ज, र ८० वाट वायरलेस चार्जिङ सपोर्टले यो स्मार्टफोनलाई छिटो चार्ज गर्न सकिनेछ।
शाओमी नेपालले फागुन २५ देखि चैत २ सम्म प्रि-बुकिङ खुला गरेको छ। प्रि-बुकिङमा सहभागी ग्राहकलाई रु. ९,९९९ मूल्य बराबरको शाओमी ५० वाट वायरलेस चार्जिङ स्ट्यान्ड निःशुल्क प्रदान गरिनेछ।
१६ जिबी + ५१२ जिबी भेरियन्टमा उपलब्ध शाओमी १५ अल्ट्राको सुरुवाती अफर मूल्य रु. १,४९,९९९ (वास्तविक मूल्य रु. १,६९,९९९) तोकिएको छ। यो स्मार्टफोन नेपालभरका सबै आधिकारिक एमआई स्टोर तथा रिटेल आउटलेटहरूमा उपलब्ध हुनेछ। ग्राहकलाई ६ महिनासम्म एकपटक निःशुल्क स्क्रिन रिप्लेसमेन्ट र २४ महिनासम्म निःशुल्क लेबर चार्जको सुविधा पनि प्रदान गरिनेछ।