नेपालमा एआई प्रविधि र गेमिङ सेग्मेन्टमा प्रतिस्पर्धा बढ्दै जाँदा एएसयूएस नेपालले दुई महत्वपूर्ण घोषणा गरेको छ। कम्पनीले ASUS V16 (V3607) नामक नयाँ गेमिङ ल्यापटप सार्वजनिक गरेको छ भने Copilot+ PC श्रृंखलाको विस्तार गर्दै एआई-समर्थित ल्यापटप नेपाली बजारमा उपलब्ध गराउने योजना अघि सारेको छ।
एएसयूएस नेपालले ASUS V16 लाई बजेट-फ्रेन्डली गेमिङ ल्यापटपको रूपमा प्रस्तुत गर्दै शक्तिशाली Intel Core 7 प्रोसेसर र NVIDIA GeForce RTX 40 Series GPU सहित नेपाली प्रयोगकर्ताहरूका लागि ल्याएको छ। यो ल्यापटप 144Hz FHD IPS डिस्प्ले, Dirac® अडियो प्रविधि, 40% ठूलो टचप्याड, र सैन्य-स्तरको मजबुत बनावट सहित बजारमा आएको छ। साथै, यसको Turbo Blue कीबोर्ड ब्याकलाइट, WASD र एरो कीहरू पारदर्शी डिजाइन तथा स्टाइलिश मैट ब्ल्याक फिनिश ले आकर्षक डिजाइन प्रस्तुत गरेको छ।
यससँगै, एएसयूएसले Copilot+ PC श्रृंखला विस्तार गर्दै एआई-समर्थित ल्यापटपहरू नेपाली बजारमा उपलब्ध गराउने घोषणा गरेको छ। कम्पनीले AMD Ryzen AI 300 Series र Intel Core Ultra (Series 2) प्रोसेसर मा आधारित नयाँ मोडेलहरू प्रस्तुत गर्दै Vivobook र Zenbook श्रृंखला लाई थप शक्तिशाली बनाएको छ। यससँगै, प्रयोगकर्ताहरूलाई एआई-समर्थित कार्यक्षमता, सुरक्षा, र बेहतर ब्याट्री लाइफ जस्ता सुविधाहरू प्रदान गरिनेछ।
Zenbook 14 (UM3406KA) मोडेलमा AMD Ryzen AI 7 350 प्रोसेसर र AMD Radeon ग्राफिक्स समावेश गरिएको छ, जसले एआई-समर्थित प्रविधिलाई अझ सहज बनाउँछ। साथै, Zenbook 14 (UX3405CA) मा Intel Core Ultra 9 प्रोसेसर र Intel Arc ग्राफिक्स दिइएको छ, जसले उच्च प्रदर्शन र उत्कृष्ट ग्राफिक्स क्षमता प्रदान गर्छ।
एएसयूएसका मार्केटिङ प्रमुखका अनुसार, एआई-समर्थित ल्यापटपहरूको माग बढ्दै गइरहेको अवस्थामा Copilot+ PC श्रृंखला ले नेपाली बजारमा डिजिटल परिवर्तनलाई अगाडि बढाउने अपेक्षा गरिएको छ। Windows 10 को सपोर्ट अन्त्य हुँदै गइरहेको अवस्थामा प्रयोगकर्ताहरूलाई नयाँ एआई-समर्थित Windows 11 Copilot+ PC मा अपग्रेड गर्न एएसयूएसले प्रोत्साहित गरिरहेको छ।
नयाँ ल्यापटपहरू फेब्रुअरी २७, २०२५ देखि नागमणि इन्टरनेशनल प्रालि र आधिकारिक पार्टनर स्टोरहरूमा उपलब्ध हुनेछन्। एआई प्रविधि, गेमिङ, र कार्यक्षमतामा नयाँ स्तर ल्याउने यी ल्यापटपहरूले नेपाली बजारमा एएसयूएसको उपस्थिति थप मजबुत बनाउने विश्वास गरिएको छ।